बाँके : ‘जवानीमा कमाएको पैसा बचत गर्दा बुढेसकालमा सहारा बन्छ रे ।’– तेश्रो लिङ्गी लाली थारुले भनिन्, –‘ त्यसै पनि हामीलाई कसैले हेर्नेवाला छैन । कम्तिमा अहिले बचत गर्ने हो भने त्यही पैसा पछि आफ्ना लागि काम लाग्ला ।’ जवानीमा कमाएको पैसा बचत गरेर बुढेसकालमा त्यसैलाई सहारा बनाउने सोंचे आएपछि लाली एक वर्ष अघि नेपालगन्जमा रहेको गृहिणी बहुउदेश्यीय सहकारी संस्थाको सदस्य बनिन् । सहकारीको सदस्य बनेपछि उनले हरेक महिना तीन हजार रुपैया बचत गर्दै आएकी छन्, अर्थात दिनको सय रुपैया बचत गर्छिन उनी ।
‘तलव आएपछि त्यही पैसा बचत गर्छौ । जथाभावी खर्च गर्नुभन्दा बचत गर्नु धेरै राम्रो हुने रहेछ । पछिका लागि काम पनि लाग्ने समस्या परेका बेला ऋण लिन पनि पाइने ।’– लालीले भनिन् । सामाजमा हेपाह दृष्टिकोण राखिन्छ, तेश्रो लिङ्गीलाई । तर पछिल्लो वर्षहरुमा भएका सामाजिक अभियानहरुलाई उनीहरु सहकारी जस्ता गतिबिधिहरुमा आफुलाई सक्रिय बनाइरहेका छन् । लाली पनि पश्चिम तारा नेपालमा जोडिएर आफ्नो समुदायको अधिकारको काममा लाग्दै आएकी छन् ।
तेश्रो लिङ्गीहरुले ऋण पनि लिने गरेका छन् । घर बनाउनेदेखि अन्य खर्च चलाउन ऋण लिएर आफुलाई परिवारीक जिम्मेवारीसंग पनि जोड्दैछन् । लाली र रामप्रशादले आफ्नो सहकारीबाट ५० हजार ऋण लिएका छन् । लालीले घर बनाउँदा अपुग भएपछि ऋण लिएको बताईन । ‘घर बनाउँदा पैसा अपुग भयो । त्यसपछि मैले ऋण लिए । बुवा आमाहरु पनि खुसी हुनुभयो ।’ उनले भनिन् ।
त्यही पैसा भविष्यका लागि बचत गर्ने गरेको लालीकै सहकर्मी रोहणले बताए । –‘अहिले त हामीलाई घरपरिवार र समाजले हेर्दैन, पछि झन् के हेर्लान र ? दुःखको अवस्था नआओस् भनेर बचतमा लागेको ।’ कोेहलपुर घर भएका बर्दिया घर भएका रामप्रशादले बचत जस्ता काममा लागेपछि घरपरिवारले पनि महत्व दिन थालेको बताए । ‘यिनीहरुले पनि अरु जस्तै काम गर्न सक्ने रहेछन् भन्ने ठानेर होला सायद अहिले चाही पहिलेको जस्तो हेला गर्दैनन् ।’–उनले भने ।
तेश्रो लिङ्गीहरुले ऋण पनि लिने गरेका छन् । घर बनाउनेदेखि अन्य खर्च चलाउन ऋण लिएर आफुलाई परिवारीक जिम्मेवारीसंग पनि जोड्दैछन् । लाली र रामप्रशादले आफ्नो सहकारीबाट ५० हजार ऋण लिएका छन् । लालीले घर बनाउँदा अपुग भएपछि ऋण लिएको बताईन । ‘घर बनाउँदा पैसा अपुग भयो । त्यसपछि मैले ऋण लिए । बुवा आमाहरु पनि खुसी हुनुभयो ।’ उनले भनिन् । जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुवेदीले जिल्लाका बिभिन्न सहकारीमा चालिस बढि तेश्रो लिङ्गीहरु सदस्य रहेको र उनीहरुलाई बिना भेदभाव सदस्य बनाईएको बताए ।