नेपालगन्ज : नेपाल राष्ट्र बैकले क्षेत्रिय स्तरका बैंक तथा वित्तीय संस्थाहरुलाई संघिय संरचनामा जान निर्देशन दिएकोे छ । यससँगै क्षेत्रीय स्तरका विकास बैंकहरुको पुँजी बृद्धि समेत गरेको छ । राष्ट्र बैंकले पुँजी बृद्धि गर्दा मर्ज तथा प्राप्तिलाई प्राथमिकतामा राख्न पनि निर्देशन दिएको छ । सोही कारण विकास बैंकहरुलाई पुँजी पुर्याउन समस्या देखिएको हो ।
राष्ट्र बैंककको निर्देशन अनुसार एक जिल्ला कार्यक्षेत्र भएका, एक देखि तीन जिल्ला कार्यक्षेत्र भएका र तीन देखि १० जिल्ला कार्यक्षेत्र
भएका विकास बैंकहरुले राष्ट्रिय स्तरको बन्नको लागि २ अर्ब ५० करोड र प्रदेश स्तरको बन्नको लागि १ अर्ब २० करोड चुक्ता पुँजी पुयाउनु पर्ने हुन्छ । पुँजी पुर्याउन नसक्ने वितीय संस्थाको अबको बाटो मर्जर नै रहेको छ ।
राष्ट्र बैंकको असोज मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालमा क्षेत्रीय स्तरका विकास बैंकहरुमा तिन देखि दश जिल्ला कार्यक्षेत्र भएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक मात्र रहको छ । एक देखि तीन जिल्ला कार्यक्षेत्र भएको १७ वटा विकास बैंक रहेका छन् भने एक जिल्ला मात्र कार्यक्षेत्र रहको चार वटा विकास बैंक छन् ।
तीन देखि १० जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरु
हाल तीन देखि १० जिल्ला कार्यक्षेत्र भएको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक मात्र संचालनमा रहेको छ । बैंकले प्रदेश स्तरको हुनको लागि आवाश्यक पर्ने चुक्ता पुँजी पुरा गरिसकेको छ । बैंकको हालको चुक्ता पुँजी एक अर्ब ६२ करोड रहेको छ । बैंकले राष्ट्रिय स्तरमा जाने अथवा प्रदेशलाई नै आफ्नो कार्यक्षेत्र बनाउने भन्ने विषमा अहिले कुनै निर्णय नगरेकोे बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेले बताए ।
एक देखि तीन जिल्ला कार्यक्षेत्र भएका विकास बैंकहरु
हाल नेपालमा एक देखि तीन जिल्ला कार्यक्षेत्र भएको १७ वटा विकास बैंकहरु संचालनमा रहेका छन् । १७ वटा विकास बैंक मध्ये कुनै पनि बैकले प्रदेश स्तरमा जानको लागि आवाश्यक चुक्ता पुँजी पुरा भएको छैन । अधिकांश बैंकको पुँजी ५० करोडको नजीक रहको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाइ पुँजी बृद्धि गर्दा हकप्रद सेयर जारी गर्नको लागी कडाई गर्ने गरी मर्जर तथा प्राप्तिलाई प्राथमिकतामा राख्न पनि निर्देशन दिएको कारण तीन जिल्ला कार्यक्षेत्र रहेका विकास बैंकले पुँजी पुर्याउन सक्ने सम्भावना कमै देखिन्छ । राष्ट्र बैंकले पुँजी बृद्धिको लागि बोनस सेयर बाहेको अन्य बाटो बन्द गरेको छ । सिन्धु विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश जोशी भन्छन् “यस्तो गर्नु भनेको तिमिहरु मर्जमा नै जाउ भनेको हो त्यसैल अब मर्जको विकल्प कमै रहको छ ।”
तीन जिल्ला कार्यक्षेत्र भएको विकास बैंकको नाम र चुक्ता पुँजी
तीन जिल्ला कार्यक्षेत्र भएको विकास बैंक, सहयोगी विकास बैंकको ५० करोड ९७ लाख, कर्णाली विकास बैंकको ५० करोड २८ लाख, एक्सेल डेभलपमेन्ट बैंकको ६९ करोड २७ लाख, मितेरी डेभलपमेन्ट बैंकको ५० करोड, तिनाउ विकास बैंकको ५० करोड ६९ लाख, कन्काई विकास बैंकको ५० करोड, पुर्णिमा विकास बैंकको ५२ करोड ५० लाख, कञ्चन डेभलपमेन्ट बैंकको ५० करोड ६० लाख, मिसन डेभलपमेन्ट बैंकको ५१ करोड ९३ लाख, सिन्धु विकास बैंकको ५० करोड, नेपाल कम्यूनिटि डेभलपमेन्ट बैंकको ५२ करोड ६४ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकको ५०करोड ८५ लाख, ग्रीन डेभलपमेन्ट बैंकको ५० करोड, वेस्र्टन डेभलपमेन्ट बैंकको ५० करोड ४१ लाख, भागर्व विकास बैंकको ४७ करोड ५२ लाख,े कर्पोरेट डेभलपमेन्ट बैंकको २० करोड र अहिले पनि समस्याग्रस्त वित्तीय संस्थाको सुचिमा नै रहको नारायणी डेभलपमेन्ट बैंकको ५ पाँच ५६ लाख चुक्ता पुँजी रहेको छ ।
एक जिल्ला मात्र कार्यक्षेत्र रहेका विकास बैंकहरु
नेपाल राष्ट्र बैंकको असोज मसान्त सम्मको तथ्याङ्क अनुसार एक जिल्ला मात्र कार्यक्षेत्र भएको चार वटा विकास बैंकहरु संचालनमा रहेका
छन् । हाम्रो विकास बैंकको ४९ करोड २२ लाख, कावेली विकास बैंकको २१करोड ६ लाख, सहारा विकास बैंकको सात करोड ३० लाख र सलपा विकास बैंकको २ करोड ८० लाख चुक्ता पुँजी रहेको छ ।
चार वटामध्ये हाम्रो विकास बैंकलाइ राष्ट्रिय स्तरको विकास बैंक ज्योति विकास बैंकले खरीद गर्दैछ भने अन्य विकास बैंकले पनि सहज रुपमा प्रदेश स्तरको विकास बैंक बन्नको लागि आवाश्यक पुँजी पुर्याउन सक्ने अवस्था देखिदैन । www.bankingkhabar बाट