मुस्लिम तथा मधेसी समुदायका छात्रालाई खुःसीको खबर : अब नेपालगन्जमै गल्र्स स्कुल र कलेज सन्चालन हुने


बाँके : मुस्लिम र मधेसी समुदायका छात्रालाई लक्षित गरी नेपालगन्जमा गल्र्स स्कुल र गल्र्स कलेज स्थापना गरिने भएको छ । नेपालगन्ज उपमहानगरपालिकाले आगामी बैशाखबाट पढाई हुने गरी गल्र्स स्कुल र कात्र्तिक महिनाबाट पढाई सुरु हुने गरी गल्र्स कलेज स्थापना गर्ने भएको छ ।
गल्र्स कलेज प्राविधिक पढाई हुने नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणाले जानकारी दिए । ‘अब पर्दा र घुंगट भित्र रहेका चेलीहरु उच्च शिक्षाबाट बन्चित हुनुर्दैैन ।’–‘त्यसैका लागि हामीले गल्र्स स्कुल र कलेज स्थापना गर्दैछौं ।’ मुस्लिम र मधेसी समुदायका छात्राहरुलाई कतिपय सामाजिक परिबन्दका कारण अरु नियमित स्कुल र कलेजमा अध्ययन गर्न बाधा भइरहेको छ । यसले गर्दा उक्त समुदायका छात्राहरु उच्च शिक्षा पढ्न पाउँदैनन् । जति पढ्छन्, त्यसको संख्या अत्यन्त कम छ ।
नेपालगन्जमा यस प्रकारको कलेजको माग धेरै पहिलेबाट हुँदै आएको थियो । तर यसपटक पुरा हुने मेयर राणाले बताए । गल्र्स स्कुल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ मा बन्ने छ । त्यस्तै एमपी स्कुलसंग प्राविधिक कलेजका लागि सहकार्य गरिनेछ । कलेज स्थापनाका लागि रकम समेत बिनियोजना गरिसकिएको छ । मेयर राणाले भने,–‘स्कुल बैशाखबाट र कलेज कात्र्तिकबाट सन्चालन गर्ने उदेश्य छ ।’ मधेसी र मुस्लिम समुदायका छात्राहरुलाई लक्षित गरे पनि अन्य समुदायका छात्राहरुलाई प्राथमिकता दिइने उनले बताए ।
प्राविधिक कलेज सन्चालनका लागि भत्तपुर नगरपालिकासंग सहकार्य गरिने मेयर राणाले जानकारी दिएका छन् । ख्प जस्ता ईन्जिनियर कलेज सन्चालन गरिरहेको भक्तपुरको सिकाई प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः     २१ पुष २०७५, शनिबार १५:१६  |