गुर्भाकोटको बोटेचौरमा शाखामा बिस्तार गर्ने पहिलो विकास बैंक बन्यो साँग्रिला


सुर्खेत : साँग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको शाखा बिधिवतरुपमा सुर्खेत जिल्लाको गुर्भाकोट नगरपालिका, बोटेचोरीमा उद्घाटन गरिएको छ । गुर्भाकोट नगरपालिकाका मेयर हस्तबहादुर पुन, बैंक सन्चालक अच्यूत प्रसाद प्रसाईले बैंकको शाखा उद्घाटन गरे ।
बैंक उद्घाटन गर्दै मेयर पुनले गुर्भाकोट बिकासको गतिमा बढ्दै गएको बताए । बैंकहरु स्थापनाले पनि यही कुराको पुष्टि गर्ने उनले बताए । शाखाको उद्घाटन गर्दै बैंकका संचालक अच्युुत प्रसाद प्रसाईले ग्रामिणक्षेत्रका नागरिकहरुलाई समेत बित्तिय पहुंचमा पुर्याउने उदेशय सहित शाखा बिस्तारको काम भइरहेको बताए ।


उपमेयर मैना बिक, बैंकका क्षेत्रीय प्रबन्धक जयन्द्र खड्का , वडा अध्यक्ष शशी भट्राई, स्थानीय व्यवसायीका अगुवा डिलबहादुर डाँगी लगायतको सहभागिता  थियो । बोटेरचौर शाखाका प्रबन्धक बिशाल महर्जनले गुर्भाकोट क्षेत्रमा बित्तिय कारोवार बढिरहेको बताए । सांग्रिला बैंक बोटेचौरमा पुग्ने पहिलो विकास बैंक बनेको  छ ।


विकास बैंक शाखा बिस्तार भएपछि बित्तिय कारोबार गर्न सहज भएको डाँगी टे«डर्सका सन्चालक खुमासिंह डाँगीले बताए । उनले भने,–‘अब अन्यध धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।’ “स्थानीय विकासको आधारू” भन्ने आफ्नो मुुलमन्त्रलाई आत्मसाथ गर्दै सुुविधा सम्पन्न स्थानमा मात्र नभएर विकट ग्रामिण क्षेत्रका जनताहरु बिच आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै देशभर शाखा संजाल विस्तार गरि सम्पूर्ण नेपालीमा सर्व सुलभ बैंकिङ्ग सुविधाको पहुुंच पुुर्याउने बैंकको लक्ष्य रहेको छ भने हालसम्म सातवटै प्रदेशमा गरि बैंकको शाखा संख्या ७७, तथा २३ वटा एटीएम मार्फत करिब २ लाख ५६ हजार भन्दा बढी ग्राहकहरुलाई आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मितिः     २० पुष २०७५, शुक्रबार १९:०४  |