बाँके : होटल व्यवसायी संघ बाँकेको माघ १३ गते हुने निर्वाचनका लागि व्यवसायीक समूहका तर्फबाट भिमलाल कंडेलको नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको छ । नेकपा निकट व्यवसायिहरुको बर्चस्व रहेको उक्त समूहले बिहिवार नेपालगन्जमा भेला सहित उम्मेदवारी घोषणा गरेको हो ।
उक्त समूहको बरिष्ठ उपाध्यक्षमा रामबहादुर लिम्बु, उपाध्यक्ष टेक नारायाण सापकोटा, महासचिव रंगबहादुर खड्का, सचिव प्रेम शाह, कोषाध्यक्ष टिकाराम खनाल, र सह कोषाध्यक्षमा राजकुमार बिक छन् । यस्तै कार्यसमितिको सदस्यमा दुर्गा बम, निर्मला सेजुवाल, लाक्पा शेर्पा, केशव योगी र एकराज पाण्डेले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी घोषणा कार्यक्रममा होटल व्यवसायी संघ बाँकेका संस्थापक अध्यक्ष मदन कुमार बिसी, पुर्व अध्यक्ष भाष्कर काफ्ले, जनार्दन पाण्डे, संस्थापक कोषाध्यक्ष श्यामलाल काफ्ले, पूर्व बरिष्ठ सल्लाहकार प्रेम सापकोटा लगायतको सहभागिता थियो ।
उक्त समूहका अगुवा भाष्कार काफ्लले व्यवसायिक हितका लागि व्यवसायिक समूहलाई मत दिएर जिताउन आग्रह गरे । पूर्व बरिष्ठ उपाध्यक्ष नारद पुरीले कार्यक्रम सन्चालन र उम्मेदवारी घोषणा गर्दै एकढिक्का भएर निर्वाचनमा जान लागेको बताए ।
बाँकेमा यसरी एक भए बामपन्थी निकट होटल व्यवसायी
नेपालगन्ज : नेपालगन्ज होटल व्यवसायिक संघ बाँकेको अधिवेशन दुई पटक स्थगित भयो । अब माघ १३ गतेका लागि तेस्रो मिति तय भएको छ । तेस्रो पटक घोषणा गरिएको मिति नसर्नेमा व्यवसायीहरु ढुक्क छन् । मुख्य प्रतिस्पर्धी दुई समूहले उम्मेदवारी घोषणा गरिसकेको अबस्थामा दुबै प्यानलका उम्मेदवारहरु मतदातासंग पुगेर मत मागिरहेका छन् । व्यवसायीहरुलाई चुनावको रौनकले छोएको छ ।
यो निर्वाचनले होटल व्यवसायीलाई मात्र होइन राजनीतिक दललाई समेत छुने गरेको छ । दुबै प्यानलले आफुहरुलाई बिशुद्ध व्यवसायिक प्यानल भन्ने दाबी गरेपनि राजनीतिक आस्था र प्रभावले उनीहरुलाई छुने गरेको बिगत छ । नेपाली काँग्रेस र नेकपा निकट व्यवसायीहरु मुख्य प्रतिस्पर्धी भएर निर्वाचनमा होमिने गरेका छन् ।
यसपटक नेकपा निकट व्यवसायीहरु माझ उम्मेदवारी घोषणाका बिषयमा सकस उत्पन्न भएको थियो । एक भएर उम्मेदवारी घोषणा भएको अगुवा व्यवसायी भाष्कर काफ्लेले बताए । उनले भने, ‘हामी बीचमा बिबाद थिएन । को कुन उम्मेदवार बन्ने भन्ने बिषयमा छलफल त जहाँ पनि हुन्छ नी । अहिले एक भएर हामी चुनावमा जुटेका छौं । ’ बामपन्थी निकट व्यवसायीहरुले सुरुमा रंग खड्कालाई अध्यक्ष बनाउने सहमति गरेका थिए । त्यस्तो सहमतिप्रति असहमति जनाउँदै बर्तमान महासचिव भिम कंडेल लगायतका व्यवसायीहरुले असन्तुष्टि जनाउदै फरक प्यानल खडा गर्ने चेतावनी दिए । यिनै समस्या रहेका बेला आन्तरिक बिबादका बीच होटल व्यवसायी संघको दोस्रो पटक तोकिएको अधिवेशननै स्थगित भयो । चुनाव स्थगित भएपछि बापन्थी निकट व्यवसायीहरु आन्तरिक सहमतिमा जुटे । पुर्व योजना स्थगित गरी भिम कंडेललाई अध्यक्ष बनाउने निर्णय कार्यान्वयन गर्दै बिहिवार उम्मेदवारी घोषणा गरियो । बिहिवार उम्मेदवारी घोषणा सभा बामपन्थी निकट व्यवसायीहरुका लागि उत्साहप्रद थियो । किनकी उनीहरु बीच उम्मेदवारी घोषणाका बिषयमा सबै सहमति जुटिसकेको काफ्लेले बताए ।
अध्यक्षको दाबी गरेका पुर्व बरिष्ठ उपाध्यक्ष नारद पुरीलाई केन्द्रमा लैजाने, रंग खड्कालाई महासचिव बनाईएको छ भने भिम कंडेललाई अध्यक्षको उम्मेदवार बनेका छन् । कंडेल अहिलेको कार्यसमितिमा महासचिव छन् भने खड्का बरिष्ठ सदस्य छन् । आन्तरिक बिषय सबै अत्यन्त सौहार्दरुपमा सल्टिएको अगुवा व्यवसायी पुरीले बताए । अध्यक्ष उम्मेदवार कंडेलले आफ्नो समूहमा यसअघि उम्मेदवारी बनाउने बिषयमा बहस भएको तर बिबाद नभएको बताए ।