नेपालगन्जमा स्नायुरोग बिशेषज्ञ चिकित्सकको भेला


बाँके :  नेपालगन्जमा स्नायुरोग बिशेषज्ञ चिकित्सकको भेला आयोजना गरिएको छ । स्नायुरोगको अवस्था र पछिल्लो समय विकास भएका उपचार पद्धतीका बिषयमा बिशेष चिकित्सकहरुले अनुभव साटासाट गरिरहेका छन् ।
नेपालगन्ज मेडिकल कलेज कोहलपुर न्युरोलोजिष्ट बिभागको आयोजनामा भएको भेलामा बरिष्ठ न्युरोलोजिष्ट बिशेज्ञ डा. बसन्त पन्त, समिर आचार्य लगायतले प्रशिक्षण दिएका छन् । कार्यक्रममा नेपालगन्ज मेडिकल कलेजका बरिष्ठ न्युरोलोजिष्ट डा सन्जिव झा लगायतको सहभागिता छ । नेपालगन्ज मेडिकल कलेज आवद्ध चिकित्सकहरु भेलामा सहभागि छन् । होटल सोल्टीमा अहिले भेला तथा प्रशिक्षण जारी छ । डा पुनले स्थानीय रोगका बिषयमा बिकसित भएका नयाँ उपचार पद्धतीका बिषयमा जानकारी गराएका छन् ।

प्रकाशित मितिः     २७ पुष २०७५, शुक्रबार १९:२६  |