बाँकेको कम्दीमा एउटै लौका १५ किलोको फल्यो


बाँके : एउटा लौकाको तौल कति होला ? एक किलो, दुई किलो । यदि तपाईले यस्तो अनुमान गर्नुभएको छ भने बाँके डुडुवा गाउँपालिकाका एक कृषकले लगाएको लौकाका बिषयमा भने गलत सावित
हुनुहुनेछ । कम्दी वडा नमबर ९ का कृषक भिमबहादुर चलाउनेले लगाएको लौकाको बोटमा १५ किलोग्रामसम्मका लौका फलेका छन् ।
एकजनालाई सजिलै बोक्नै मुस्किल पर्ने लौका फलेपछि स्थानीयले नौलो मानेका छन् । कृषक भिमबहादुरका अनुसार केही महिना अघि छोरीले लौकोको बेर्ना ल्याएक िथिईन । त्यही बेर्ना चलाउनेले बारीमा लगाएका थिए । ‘अरु जस्तै फल्छ होला भन्ने लागेको थियो तर अहिले त १५ किलोसम्मको भयो ।’– भिमबहादुरले भने । उनले लौका बिक्री भने गरेका छैनन् । बिउँका लागि राखिएको जानकारी दिए ।


प्रकाशित मितिः     २८ पुष २०७५, शनिबार १६:४५  |
error: Content is protected !!