प्रदेश उपसभामुख कृष्णी चौधरीद्धारा स्वर्गीय पत्रकार कुलुङको परिवारलाई आर्थिक सहयोग


बाँके :  प्रदेश ५ की उपसभामुख कृष्णी थारुले स्वर्गीय पत्रकार एमडी कुलुङको सम्झना गर्दै उनको परिवारलाई रु ५ हजार सहयोग गरेकी छन् ।
मंगलबार नेपालगन्जमा उपसभामुख थारुले नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का महासचिव भेषराज बस्नेत मार्फत कुलुङ परिवारलाई उक्त सहयोत हस्तान्तरण गरिन । राजधानी दैनिकमा काठमाण्डौंमा रहेर लामो समयदेखि काम गर्दै आएका पत्रकार कुलुङको केही दिन अघि निधन भएको थियो ।
कुलुङले आफ्नो जीवनकालमा थारु, आदिबासीका सवालमा कलम चलाए प्रदेश उपसभामुख थारुले बताईन । महासंघ प्रदेश महासचिव बस्नेतले उक्त रकम कुलुङ परिवारलाई पठाउने बताए ।


प्रकाशित मितिः     १ माघ २०७५, मंगलवार १२:२२  |
error: Content is protected !!