भारतबाट दुध ल्याउन पुर्णरुपमा रोक, बाँकेका किसान खुसी


बाँके :  बाँकेका दुध उत्पादक कृषकहरुलाई मर्का पर्ने गरी सीमावर्ती भारतीय गाउँबाट भित्रिने दुधको अवैध आयातमा पूर्णरुपमा रोक लगाईएको छ । नेपालगन्ज भन्सारले दुधको आयात गर्न पूर्णरुपमा रोक लगाएपछि यहाँका दुध उत्पादक कृषकहरु खुसी छन् ।
केन्द्रीय नीति अनुसार नेपालगन्ज भन्सारले मुख्य भन्सार बिन्दु र अन्य नाकाहरुबाट थोपा दुध पनि आउन नदिने कार्यलाई कार्यान्वयन गरेको छ । यसअघि दैनिक भन्सारको मुल गेटबाटै संयौ लिटर दुध भित्रिने गरेको थियो । यसले गर्दा बाँकेको दुध बिक्री हुन सकिरहेको थिएन ।
दुध उत्पादक कृषकहरुले सरकारसंग भारतीय दुधमा रोक लगाउन आग्रह गर्दै आएका थिए । सोही आग्रहलाई भन्सारले कार्यान्वयन गरेको हो । भारतका सीमावर्ती दुध व्यवसायीहरुले भने दुध आउन नदिएको भन्दै आक्रोस पोखेका छन् ।

प्रकाशित मितिः     ३ माघ २०७५, बिहीबार ०८:०९  |