घरेलु उद्योगमा आर्कषण : एक अरव २९ करोड लगानी सहित ५ सय ५२ उद्योग थपिए


कमल डाँगी
नेपालगन्ज : बाँके जिल्लामा घरेलु तथा साना उद्योगको लगानी उत्साहजनक देखिएको छ । चालु आर्थिक वर्ष २०७५/ ०७६ को छ महिना अर्थात पुससम्म एक अरव २९ लाख ५१ हजार लगानीका ५ सय ५२ उद्योगहरु बाँकेमा भित्रिएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका प्रमुख शिक्षक ऋषिराम पोखरेलका अनुसार चालु आर्थिक वर्षमा उत्साहजनकरुपमा उद्योग दर्ता भएको बताए । दर्ता भएका अधिकांस उद्योग सन्चालन भइरहेको पोखरेलले जानकारी दिएका छन् । राजनीतिक अस्थिरता र आंशिकरुपमा भएपनि बिद्युतको समस्या समाधान भएकाले उद्योग सन्चालनको वातावारण सिर्जना भएको हो ।
घरेलु तथा साना उद्योग बाहेक बाँकेमा करोडौको लगानीमा थुप्रै ठुला प्रोजेक्टहरु सन्चालनमा आउँदैछन् । चालु आर्थिक वर्षमो साउन महिनामा ९३, भदौमा १ सय ७, असोज ७५, कात्र्तिक १ सय ११, मंसिर ८६ र पुसमा ८० उद्योग दर्ता भएका थिए । जम्मा ५ सय ५२ वटा उद्योगको लगानी एक अरव २९ करोड ५१ हजार रहेको छ । यि उद्योगहरुले वार्षिकरुपमा रु दुई अरव ४८ करोड ५२ लाख ९४ हजारको सामाग्रीहरुको उत्पादन गर्ने लक्ष्य लिएका छन् ।
नयाँ उद्योगहरु थपिएसंगै रोजगारीमा समेत बृद्धि भएको छ । चालु आर्थिक वर्षमै दर्ता भइ सन्चालनमा आएका उद्योगहरुले महिला १२ सय २८ र पुरुषा २ हजार २७ सहित जम्मा ३२ सय ५५ जनालाई रोजगारी प्रदान गर्ने छ । उक्त उद्योगहरुमा १ सय ७८ जना महिला र ५ सय ७७ गरी ७ सय ४४ जना उद्यमीको लगानी गरेको छ । व्ययवसायीहरुले लगानीको वातावारण बन्दै गएकाले घरेलु तथा साना उद्योगमा आर्कषण देखिएको बताएका छन् । यसलाई प्रोत्साहन गर्न राज्यले ध्याना दिनुपर्ने घरेलु तथा साना उद्योग महासंघ बाँकेकी सचिव मधु खड्काले
बताईन ।

प्रकाशित मितिः     १० माघ २०७५, बिहीबार १५:२७  |