नेपालगन्ज : ध्यानको माध्यमबाट बिश्वभर मानवता र शैक्षिक जागरण अभियान सन्चालन गर्दै आएको द आर्ट अफ लिभिङ्गको सत्सङ्गमा नेपालीपन झल्किएको छ । दुई सय नेपाली सहभागि भएको उक्त सत्सङ्गमा हालै भारतको बैंगलुरुमा सम्पन्न भयो ।
द आर्ट अफ लिभिङ्गका संस्थापक गुरु श्री श्री रविशंकरको बिशेष उपस्थिती रहेको उक्त सत्सङ्गमा बिश्वभरबाट संयौले सहभागिता जनाएको नेपालगन्जबाट त्यहाँ सहभागि भएका अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले जानकारी दिएका । उनका अनुसार सत्सङ्गमा नेपाली समिट पनि भएको थियो । जहाँ दुई सय नेपाली सहभागि भएका थिए ।
सबै नेपाली परम्परागत नेपाली पहिरनमा सजिएका थिए भने उनीहरुले नेपाली लोकगीत र स्वदेशगान गाएको नेपालगन्जबाटै सहभागि अर्का प्रतिधिनि सन्जय थापाले बताए ।
बिश्वभरबाट आएका मानिसहरुका अगाडी नेपाली प्रतिनिधिहरुले रातो र चन्द्र सूर्य …! गीत गाउँदा सत्सङ्गमा गुन्जायमान भएको कार्यक्रममा सहभागि सरोज रेग्मीले जानकारी दिए । सत्सङ्गमा बिश्वभरका मानिसहरु सामु नेपाल र नेपालीलाई चिनाउने अवसर बनेको रेग्मीले बताए । नेपालगन्जबाट सन्जय थापा, जयनारायण शाह, बासु भण्डारी, सरोज रेग्मी, माला शर्मा लगायतले सहभागिता जनाएका थिए । कार्यक्रममा सहभागि भण्डारीका अनुसार एओएलका शिक्षक काव्य लम्सालको नेतृत्वमा नेपालको सांस्कृतिक टिमले नेपाली लोकगीत र स्वदेशगानमा नृत्य प्रस्तुत गरेको थियो ।