नियमित छन्, नेपालगन्जका अस्पतालहरु


नेपालगन्ज शिक्षण अस्पतालमा स्वास्थ्य परिक्षणका लागि आएका बिरामी चिकित्सकको पालो पर्खदै ।

नेपालगन्ज :  नेपाल चिकित्सक संघले शुक्रबार देशभरका अस्पतालको आकस्मिकबाहेकका सेवा ठप्प पार्ने पार्ने निर्णय गरेको भएपनि नेपालगन्जका अस्पताल भन्ने खुल्ला छन् । भेरी प्रादेशिक अस्पताल, शिक्षण अस्पताल नेपालगन्ज लगायतका अस्पतालमा सम्पुणृ सेवा नियमित छन् । सबै अस्पतालमा अन्य दिन जस्तै बिरामीको घुँइचो छ । चिकित्सकहरु बिरामीको हेरचाह गरिरहेका छन् ।

भेरी प्रादेशिक अस्पतालमा बिरामीको घुइचो ।

अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै त्रिवि शिक्षण अस्पतालसहित देशभरका अस्पतालमा रिले अनसन बसिरहेको संघले माग सुनुवाइ नभएको भन्दै कडा संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो ।

प्रकाशित मितिः     १८ माघ २०७५, शुक्रबार १२:५१  |