बाँके : भेरी, राप्ती र कर्णाली गरी तीन वटा अन्चलमा गत आर्थिक वर्षमा एक लाख बढि मोटरसाईकल थपिएको छ । तीनवटै अन्चलमा आर्थिक वर्ष २०७४ र २०७५ मा भेरी, राप्ती र कर्णाली अन्चलमा १ लाख ११ हजार ७७ वटा मोटरसाईकल दर्ता भएको सम्बन्धित क्षेत्रका यातायात कार्यालयको बिबरण सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकको एक अध्ययन प्रतिबेदनमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंकको अनुसन्धान बिभाग,आर्थिक विकास शाखा र नेपालगन्ज लगायत देशभरका क्षेत्रगत कार्यालयले बिस्तृत अध्ययन गरी प्रतिबेदन तयार पारेको थियो । जसमा नेपालगन्ज क्षेत्र भनेर तीनवटा अन्चलको यातायातक्षेत्रको बिबरण समेत उल्लेख छ । उक्त अध्ययन प्रतिबेदन अनुसार २०७४ असार मसान्तसम्म तीनवटा अन्चलमा १ लाख ४७ हजार ६ सय ११ वटा सवारी साधन दर्ता भएका थिए । ती मध्ये सबैभन्दा धेरै मोटरसाईकलको संख्या ८६ हजार ४४ वटा रहेका छन् ।
यस्तै २०७५ असारसम्म १ लाख ७२ हजार ५ सय १ सवारी साधान दर्ता भएकोमा सबैभन्दा धेरै मोटरसाईकल १ लाख ११ हजार ७६ वटा रहेका छन् । जुन अघिल्लो वर्ष भन्दा १८ प्रतिशत बढि हो । सस्तो, जहाँमा लैजान मिल्ने भएका कारण मोटरसाईकल धेरैको आवश्यकताको बिषय बनेको छ ।