हिउँ हेर्न र त्यसमा खेलेर रमाउन कस्लाई मन नलाग्ला र ? तर हिउँमा रमाउनुका लागि त्यस्तो अवसर पनि पाउनुपर्यो । यसपटक भने मौसमले हिउँसंग रमाउने अवसर दिएको छ । नेपालगन्जसंग नजिक पर्ने सुर्खेतका पहाडहरु हिउँ सेताम्मे भए । त्यसको अवसर नेपालगन्जका युवा युवतीले पनि छोपे । नेपालगन्जबाट गाडी रिजर्भ गरेर हिउँमा रमाउन सुर्खेत पुगे ।
पहिलो पटक हिउँ देखेकी नेपालगन्ज, कोरियनपुरकी वर्षा पोख्रेलले दंग थिईन । टिभीमा हिउँ देखेकी दिपा शर्मालाई आफ्नै अगाडी हिउँ देखेपछि फोटो खिच्न भ्याईनभ्याई थियो । बर्षा पछाईलाई सेल्फीमा कैदी गरिरहेकी थिईन ।
यस्तो अवसर अब पाइने होकी नाई ? त्यही भएर नेपालगन्जबाट धेरै मानिसहरु हिउँ खेल्न सुर्खेत पुगेका थिए । हिउँ मात्र होइन त्यहाँ फुलेका लालीगुसार फुल समेत हेर्नै र त्या्संग फोटो खिच्नेको कमी थिएन ।