भिजन र एचसिआरसी अस्पतालद्धारा किटाणु प्रतिरोधी पेन्टस् र भिनाएल प्रयोग


बाँके :   नेपालगन्जमा सञ्चालित नयाँ अस्पतालले बिरामीको उपचारप्रति संवेदनशिल बन्दै उच्च प्रविधिको प्रयोग गर्न थालेका छन् ।  भिजन आँखा अस्पताल र हेल्थ केयर अस्पताल तथा प्रसुती गृहले अप्रेशन थिएटरमा किटाणु प्रतिरोधी ‘एन्टी ब्याक्ट्रिया पेन्टस्’ र भिनाएल प्रयोग गरेका छन्  ।

नेपालगन्जका अस्पतालमा पहिलो पटक यस्तो भिनाएल र पेन्टस् प्रयोग गरिएको हो । यि दुबै सामाग्री अति नै महङ्गो पर्ने गर्छ ।‘एन्टी ब्याक्ट्रिया पेन्टस्’भित्तामा र भिनाएल फ्लोरमा प्रयोग गरेका छन्  । पेन्ट्स प्रयोग गरेको भिजन आँखा अस्पतालमा जलबिन्दुको उपचार पनि गर्छ ।  लामो समयदेखि आँखा उपचारमा सक्रिय नेपालगन्जकै आँखा रोग बिशेषज्ञ डा. प्रचण्ड गौतमले अस्पताल सुरु गरेका हुन । डा गौतले अप्रेशन थिएटरमा बिशेष प्रकारको पेन्टस् र भिनाएल प्रयोग गरिएको बताए ।

‘यस्तो पेन्ट्सस्ले जुनसुकै जिवाणुबाट पनि मानिसलाई जोगाउँछ । खासगरी इनफेक्सन हुनबाट रोक्छ ।’ डा गौतमले भने–‘धेरे महङ्गो पर्ने भएकाले अप्रेशन थिएटरमा मात्र यो प्रयोगमा ल्याईएको छ ।’ उनका अनुसार नेपालगन्जमा नेपालगन्जमा हेल्थ केयर अस्पताल तथा प्रसुती गृहले पनि यो प्रयोगमा ल्याएको छ ।

हेल्थ केयर अस्पताल तथा प्रसुती गृहले अहिले अत्याधुनिक सुविधा सहितको अस्पताल निर्माण गरिरहेको छ । उक्त अस्पतालका प्रबन्धक रमेश सिटौलका अनुसार हेल्थ केयरले ५ वटा मोडुलर ओटिको सबै ठाँउमा यो विधि अपनाउने छ।

शल्यक्रिया गर्ने ठाउँ अति नै संबेदनशिल हुने भएकालेले यसलाई सुविधा सम्पन्न बनाउन लागिएको सिटौलाले बताए । यस्तो पेन्टस् भारत र बेलायतबाट ल्याउनुपर्छ । एक लिटरको मूल्य नै ४० हजारसम्म पर्ने जानकारहरु बताउँछन् । बिरामीलाई कुनै पनि जोखिमबाट जोगाउन नयाँ प्रविधिको प्रयोग अनिवार्य भएको डा गौतमले बताए । उनले भने,–‘बिरामीको उपचारलमा हामी संंवेदशिल
हुनै पर्छ ।’

प्रकाशित मितिः     २८ माघ २०७५, सोमबार १३:१५  |