सहकारीमा बाँकेमै पहिलो पटक वेष्र्टनले एटिएमदेखि एसएमएस सेवासम्म शुरु गर्दै


आन्तरिक छलफलमा पदाधिकारी । तस्बिर ः इश्र्वर पोखरेलको फेसबुक पेजबाट

बाँके ः नेपालगन्जमा रहेको वेष्र्टन बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यलाई अन्य बैंक तथा बित्तिय संस्थाले दिने जस्तै सेवा दिने भएको छ । उक्त सहकारीले बाँकेमै पहिलो पटक एटिएम, एसएमएस प्रणालीसम्मको सेवा दिने भएको छ । उक्त सहकारीका अध्यक्ष इश्र्वर पोख्रेलले शेयर सदस्यको हितका लागि सहकारीले नयाँ योजना ल्याएको बताए ।

वेष्र्टनलाई जिल्लामै तिब्ररुपमा प्रगति गरेको सहकारीका रुपमा हेरिन्छ । यसका झण्डै हजार शेयर सदस्य रहेका छन् । व्यवस्थापन पक्ष मजबुत बनाईएको छ । सहकारीका प्रबन्धक थानेश्वर पाण्डेका अनुसार भोलीबाट एसएमएस सेवा दिने सुरु हुँदैछ । पर्सिसम्म एटिएम सेवा पनि सुरु गरिने पाण्डेले बताए । यो सेवा सुरु भएपछि शेयर सदस्यहरुले जहाँबाट पनि पैसा निकाल्न सक्छन् । सो सहकारीले बैंकमा पैसा ट्रान्सफर गर्ने प्रणाली लागु गर्दैछ । यि सबै नयाँ व्यवस्था कार्यान्वयनका लागि सन्चालक, शेयर सदस्यहरुलाई शुक्रबार प्रशिक्षण सहितको छलफल आयोजना गरिदैछ ।

प्रकाशित मितिः     १ फाल्गुन २०७५, बुधबार १९:४८  |