नेशनल लाईफ ईन्स्योरेन्सको एजेन्सी कार्यालय उद्घाटन, नेपाल प्रथम, द्धितीय, तृतिय बाँकेकै


नेपालगन्ज :  नेशनल लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेडका लिडर गंगा कुमारी शर्माको एजेन्सी कार्यालय नेपालगन्जमा स्थापना गरिएको छ । शनिबार नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवल शमसेर राणा र नेशनल लाईन ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले एजेन्सीको उद्घाटन गरे ।

दुई करोड प्रिमियन पुगेपछि यस्तो एजेन्सी कार्यालय स्थापना हुन्छ । एजेन्सी कार्यालयको खर्च र कर्मचारीको व्यवस्था सम्बन्धीत लाईफ ईन्स्योरेन्स कम्पनी गरिदिन्छ । नेपालमा नेशनल लाईफ ईन्स्योरेन्सको तीनवटा एजेन्सी कार्यालयमा दुई वटा एजेन्सी कार्यालय बाँकेमै छ ।

नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीको लिडर रहेका शंकर लामिछानेको एजेन्सी कार्यालय कोहलपुरमा गत कात्र्तिकमै सन्चालनमा आईसकेको छ । शनिबार नेपालगन्जमा स्थापना भएको एजेन्सी कार्यालयकी लिडर गंगा कुमारी शर्मा नेपाल दोस्रो हुन । बाँकेका शंकर लामिछाने प्रथम, शर्मा द्धितिय र तुलसी थापा तृतिय हुन । एजेन्सी उद्घाटन कार्यक्रममा नेशनल लाईफ ईन्स्योरेन्सका क्षेत्रीय प्रमुख रामचन्द्र तिवारी, कोहलपुर एजेन्सीका मुख्य प्रबन्धक शंकर लामिछाने, कैलपाल हस्पिटलकी निर्देशक रेवती सिंह, अभिकर्ता भुपबहादुर भण्डारी लगायतको उपस्थिती थियो ।

प्रकाशित मितिः     ४ फाल्गुन २०७५, शनिबार १८:११  |