नेपालगन्जको खनाल कम्पलेक्स होटलमा अजिनामोटो निषेध


बाँके : नेपालगन्जको सुर्खेतरोडमा सन्चालनमा आएको खनाल कम्पलेक्स होटल (होटल के) ले स्वास्थ्यका लागि अहितकर मानिने अजिनामोटो निषेध गरेको छ । खानामा प्रयोग गरिने अजिनामोटोको बिकल्पमा उक्त होटलले आर्गनिक मानिने आरामोड पाउडर प्रयोग गरिने होटलका व्यवस्थापक डिबी क्षेत्रीले जानकारी दिए ।

‘हामीले पौष्टिक आहारामा बिशेष ध्यान दिन्छौं । त्यसैका लागि अजिनामोटोको प्रयोग निषेध गरेका हौं । यसको बिकल्पमा स्वास्थ्यका लागि हितकरण मानिने आरामोड पाउडर प्रयोग गर्छौ ।’– व्यवस्थापक क्षेत्रीले भने । उनका अनुसार यस्तो पाउडर अजिनामोटो भन्दा धेरै मूल्य
पर्छ ।
आईतबार मात्र प्रि ओपनिङ्ग गरेको उक्त होटल दिवाकर खनालले निर्माण गरेका हुन । रु २० करोड लागतमा निर्माण भएको होटल सुविधा सम्पन्न र लक्जरियस बनेको खनालले बताए । उनले भने,–‘यहाँ बस्नेत सेवाग्राहीले लक्जरियस फिल गर्छ ।’ भुकम्प प्रतिरोधी भवन निर्माण भएको र ए प्लस सेवा दिइने सन्चालक खनालले जानकारी दिए ।

उक्त होटलमा सुविधा सम्पन्न चालिस वटा कोठा रहेका छन् । तीन सय अट्ने सभाहल र साठ्ठी जना अट्ने रेष्टुरेण्ट समेत रहेको छ । मानसरोव जाने तिर्थयात्रीलाई लक्षित गरी निर्माण भएको होटलले होलिकप्टर स्ट्याण्डबाई गर्ने लक्ष्य लिएको छ । हेलिकप्टरको व्यवस्था गर्न सके नेपालगन्ज रुट हुँदै मानसरोवर जाने यात्रुलाई सहज हुने खनालको बिश्वास छ ।

प्रकाशित मितिः     ५ फाल्गुन २०७५, आईतवार १९:१९  |