जारी मिति : फाल्गुन १५ गते (बुधवार) साँझ ६:०० बजे
फाल्गुन १५ गते (बुधवार):-
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदलीको सम्भावना रहेको छ। देशको पश्चिमी भुभागका अधिकांश स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ साथै मध्य र पुर्वका अधिकांश स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च हिमाली भु-भागहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राति: देशभर सामान्य देखी पूर्ण बदलीको सम्भावना रहेको छ। देशको अधिकांश स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। देशका उच्च हिमाली भु-भागहरूमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ ।
फाल्गुन १६ गते (बिहिवार):-
दिउँसो: देशको पूर्वि तथा मध्य भु-भाग लगायत पश्चिमि पहाडि भु-भागमा आंसिक देखि सामान्य बदली रहि बाँकी भु-भागमा आंसिक बदली रहने देखिन्छ । देशको पुर्वि भु-भाग लगायत मध्य र पश्चिमि पहाडि भु-भागका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च हिमाली भु-भागहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति: देशको पहाडी भु-भागमा आंसिक बदली रहने र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।
फाल्गुन १७ गते (शुक्रवार):-
दिउँसो: देशको पहाडी भु-भागमा आंसिक बदली रहने र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राति: देशको पश्चिमी भु-भागमा आंसिक बदली रहने र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।
(जल तथा मौसम बिज्ञान बिभाग)