आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७५/११/१ ५ देखि २०७५/११/१७) बिहान ६:०० बजे


जारी मिति : फाल्गुन १५  गते (बुधवार) साँझ ६:०० बजे 

फाल्गुन १५  गते (बुधवार):-

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदलीको सम्भावना रहेको छ। देशको पश्चिमी भुभागका अधिकांश स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ साथै मध्य र पुर्वका अधिकांश स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।  देशका उच्च हिमाली भु-भागहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति: देशभर सामान्य देखी पूर्ण बदलीको सम्भावना रहेको छ।  देशको अधिकांश स्थानहरुमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।  देशका उच्च हिमाली भु-भागहरूमा हल्का देखि मध्यम खालको हिमपातको सम्भावना रहेको छ ।

 

फाल्गुन १६  गते (बिहिवार):-

दिउँसो: देशको पूर्वि तथा मध्य भु-भाग लगायत पश्चिमि पहाडि भु-भागमा आंसिक देखि सामान्य बदली रहि बाँकी भु-भागमा आंसिक बदली रहने देखिन्छ । देशको पुर्वि भु-भाग लगायत  मध्य र पश्चिमि पहाडि भु-भागका केहि स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ । देशका उच्च हिमाली भु-भागहरूमा हल्का  हिमपातको सम्भावना रहेको छ ।


राति: देशको पहाडी भु-भागमा आंसिक बदली रहने र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।

 

फाल्गुन १७  गते (शुक्रवार):-

दिउँसो: देशको पहाडी भु-भागमा आंसिक बदली रहने र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति: देशको पश्चिमी भु-भागमा आंसिक बदली रहने र बाँकी भु-भागमा मौसम सामान्यतया सफा रहनेछ।

(जल तथा मौसम बिज्ञान बिभाग)

 

प्रकाशित मितिः     १५ फाल्गुन २०७५, बुधबार १२:००  |
error: Content is protected !!