सजिलो लघुबित्तले आजबाट बाँकेमा सेवा शुरु गर्दै


बाँके :  नेपाल राष्ट्र बैकंबाट घ बर्गको इजाजत प्राप्त सजिलो लघुबित्त बित्तिय संस्थाले बाँके जिल्लाका एक गाँउपालिका र एक नगरपालिकामा आफ्नो कायक्षेत्र बिस्तार गर्ने भएको छ । मंगलबार कोहलपुर नगरपालिका वडा नं. ९ भवानिपुरमा नेपाल राष्ट्र बैकंका निर्देशक बिमलराज खनालले बित्तिय संस्थाको कार्यक्रम तथा कार्यलयको समुदघाटन गर्ने कार्यक्रम रहेको बित्तिय सस्थाका नायब प्रबन्धक पुर्ण प्रसाद पौडेलले जानकारी दिए । खजुरा गाउपालिकाको एक नम्बरमा पनि आ¬फ्नो कार्यालय स्थापना गरि बित्तिय कार्यक्रम सञ्चालन गरिने नायब प्रबन्धक पौडेलले बताएका छन ।  बित्तिय पहुचमा आफ्नो प्रभुत्व निम्न बर्गले पनि महशुस गर्न सकुन भन्दै संस्थाले नेपाल भर २१ शाखा कार्यालय मार्फत ग्रामिण स्तरमा आफनो बित्तिय कारोबार सञ्चालन गरिरहेको छ ।
प्रबन्ध सञ्चालक डा. खेमराज भेटवालका अनुसार २० करोड अधिकृत पुजि भएको बित्तिय संस्थाको चौध करोड चुक्ता पुजि र चौध करोड नै चालु पुजि रहेको छ ।
चालु आर्थिक बर्षको माघ मसान्त सम्म बित्तिय संस्थाले ५ करोड १७ लाख निक्षेप संंकलन गरि ६४ करोड ९२ लाख लघु कर्जा प्रबाह गर्न सफल भएको छ भने यसै अबधिको नाफा ६२ लाख असि हजार रहेको छ ।
गोरखा जिल्लाको मजुवा देउरालीमा केन्द्रिय कार्यालय रहेको सजिलो लघुबित्तले गाउ गाउमा लघुउद्यमी उत्पादन गरि निम्न बर्गको आर्थिक अबस्था सुधार गर्ने कार्य गरिरहेको भने पछाडि पारिएका सिमान्तकृत बर्ग समुदायलाई आयआर्जनमुखि बनाई आत्न निर्भर तथा जिबिकोपार्जनमा सजिलो बनाउन साना साना समुहमा बिना धितो शुरु बर्षमै तीन लाख सम्म साना कर्जा प्रदान गर्दै आएको छ ।


प्रकाशित मितिः     २१ फाल्गुन २०७५, मंगलवार ०७:२६  |
error: Content is protected !!