धातूका सामाग्री उत्पादनमा अब्बल बाँके, लगानीसंगै उत्पादन पनि बढ्यो


नेपालगन्ज :  बाँके जिल्लामा फलामका धातूका उपकरणको उत्पादनमा बृद्धि भएको छ । उद्योगीले यस्ता उद्योगमा हरेक वर्ष लगानी समेत बढाउँदै लगेका छन् । यहाँ भिएमआई समूहले प्रेसर कुकर समेत उत्पादन गर्दै आएको छ ।
नेपाल राष्ट्र बैंकको अध्ययन अनुसार बाँके जिल्लामा आर्थिक वर्ष २०७२र २०७३ मा ८ हजार ३ सय ५४ मेट्रिक टन फलामको छड तथा पत्ति उत्पादन भएको थियो । आर्थिक वर्ष २०७३ र २०७४ मा १० हजार ९ सय ६४ मेट्रिक टन र आर्थिक वर्ष २०७४र२०७५ मा ९ हजार ७ सय ५४ मेट्रिक टन उत्पादन भएको थियो ।
बाँकेमा घरेलु धातूको उत्पादनमा भने उल्लेखिय मात्रामा बृद्धि भएको पाईएको छ । आर्थिक वर्ष २०७२र२०७३ मा २ सय ५५ मेट्रिकटन, २०७३र२०७४ मा ३ सय ४ मेट्रिक टन र आर्थिक वर्ष २०७४र२०७५ मा सबैभन्दा बढि ९ सय ३० मेट्रिक टन घरेलु धातूको उपकरण उत्पादन भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ ।
बाँकेमा आल्मुनियमन उत्पादन पनि सन्तोषजनक देखिन्छ । आर्थिक वर्ष २०७२र२०७३ मा ४ लाख ४६ लाख थान, आर्थिक वर्ष २०७३र२०७४ मा ५ लाख २८ थान र आर्थिक वर्ष २०७४र२०७५ मा ४ लाख ५३ थान उत्पादन भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७२ र २०७३ मा जिआईतार ७ सय ५८ मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७३र२०७४ मा ९ सय ९७ र आर्थिक वर्ष २०७४र२०७५ मा ७ सय १७ मेट्रिक टन जिआई तार उत्पादन भएको थियो ।
यहाँ उत्पादन धातूका सामाग्रीहरु बिदेशमा समेत निर्यात गरिन्छ । जिल्लामा धातूका उपकरण उत्पादनमा लगानी समेत बढेको देखिन्छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७२र२०७३ मा धातूका उत्पादन, इलेक्ट्रोनिक्स र मेशिनरी सामानको उत्पादनमा बिभिन्न बैंकहरुले रु ७१ करोड ६० लाख कर्जा लगानी गरेका थिए । त्यस्तै आर्थिक वर्ष २०७३र२०७४ मा रु ७१ करोड र आर्थिक वर्षमा २०७४र२०७४ मा रु ८ करोड २१ लाख कर्जा लगानी गरेको पाईन्छ ।

प्रकाशित मितिः     २१ फाल्गुन २०७५, मंगलवार ११:०३  |