नेपालगञ्ज । द हिडन ट्रेजरले प्रत्येक बर्ष आयोजना गर्ने मिस नेपाल २०१९ को नेपालगञ्ज अडिसन भोलि हुँदैछ । नेपालगञ्ज अडिसन नेपालगञ्जको कारकाँदोस्थित होटल किचेन हटमा भोलि विहान ११ बजेदेखि हुन लागेको हो । द हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले काठमाण्डौ बाहिरबाट पनि मिस नेपालमा सहभागिता सुनिश्चतताका लागि नेपालगञ्ज लगायत मोफसलका अन्य सहरहरुमा अडिसन गर्न लागेको जानकारी दिनुभयो ।
नेपालगञ्जमा आज गरिएको पत्रकार सम्मेलनमा कंसाकारले १२ कक्षा उत्तीर्ण गरेका १९ बर्षदेखि २५ बर्षसम्मका ५ फिट ४ इन्च अग्ला अविवाहित युवतीहरुले प्रतियोगितामा भाग लिन सक्ने बताउनुभयो । २०१८ की मिस सुपरनेशनल महिमा सिंहले युवतीहरुको व्यक्तित्व विकासका लागि मिस नेपाल अत्यन्त उत्कृष्ट मञ्च भएको बताउनुभयो । २०१६ की मिस अर्थ रोशनी खत्रीले मिस नेपालमा कुनै टाइटल वा ताज नजिते पनि सहभागिता जनाउँदा मात्रै पनि त्यो निकै उपलब्धिमूलक हुने बताउनुभयो ।
भोलिको अडिसनको स्थानीय साझेदारका रुपमा नेपालगञ्ज जेसिस रहेको छ । नेपालगञ्ज जेसिसले स्थानीय रुपमा कार्यक्रमको संयोजन गरिरहेको अध्यक्ष रत्नकाजी शाक्यले बताउनुभयो ।