सुगा जोडीको प्रेम लिला ! हो, मान्छे मात्र होइन चराचुरुङ्गीको पनि प्रेम सम्बन्ध हुन्छ । एकअर्का प्रति प्रेमभाव प्रकट गर्ने शैली गज्जवको देख्न पाईन्छ । वाईल्डलाईफ टुरिजममा फोटोग्राफी गर्न रुची राख्ने नेपालगन्जका इन्द्रजीत परियारले बर्दिया राष्ट्रिय निकुञ्जभित्र एउटा रुखमा सुगाको जोडीले एकअर्का प्रति प्रेम दर्शाएको देखे । झण्डै सय मिटर टाडाबाट उनले आर्कषक तरिकाले यसरी सुगाको प्रेमलिला क्यामेरामा कैद गरेका छन् ।