‘टुर प्याकेज’लाई प्राथमिकता दिन बाँकेका होटल व्यवसायीलाई अच्यूत प्रसाईको सुझाव


नेपालगन्ज : उद्योग, व्यवसाय मात्र नभई बैकिङ्ग क्षेत्रमा समेत चिनिएको नाम हो, अच्यूत प्रसाई । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य समेत भइसकेका प्रसाई अहिले राष्ट्रियस्तरको सांग्रिला विकास बैंकका अध्यक्ष छन् । पश्चिम नेपालको अर्थराजनीतिका राम्रा जानकार प्रसाईले यहाँको होटल व्यवसायमा भइरहेको लगानीलाई राम्रोसंग नियालेका छन् । पछिल्लो समय बाँकेमा यदि कुनै क्षेत्रम धेरै लगानी भएको छ भने त्यो होटल क्षेत्र नै हो । तारे होटलको सुचि बढ्दैछ ।

लगानी बढेपनि मार्केटिङ्ग क्षमता भने बिस्तार हुन नसकेको महसुस स्वंय होटल व्यवसायीले गरेका बेला प्रसाईले एउटा कार्यक्रम भने,–‘होटल क्षेत्रमा धेरै लगानी भएको छ । अब प्रतिफल पाउने वातावरण बनाउन जरुरी छ ।’ नेपालगन्ज उद्योग वाणिज्य संघले केही दिन अघि नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा प्रमुख अतिथी रहेको लगानी, पर्यटन सम्बन्धी कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा बाँकेको आर्थिक विकासका बिषयमा बोल्ने क्रममा प्रसाईले होटल व्यवसायलाई पनि जोडेका थिए । उनले भने,‘मानसरोवर हाम्रो लागि ठुलो अवसर हो । तर त्यसैको मात्र भर पर्नु भएन ।’ प्रसाईले ‘टुर प्याकेज’ बनाउन होटल व्यवसायीलाई सुझाव दिए ।


‘मानसरोवर जान आएको तिर्थयात्रीलाई नै यहाँका होटल व्यवसायीले केही दिन यतैका पर्यटकीयस्थल घुम्ने वातावारण बनाउन सक्नुपर्छ । रारा भन्नुहोस्, बर्दियादेखि स्वर्गद्धारीको धार्मिक पर्यटनसंग पनि जोड्नुपर्छ ।’ प्रसाईले भने,–‘टुर प्योकज बनाउन सकियो भने धेरै पर्यटक हाम्रै वरपरका पर्यटकियस्थल घुम्न सक्छन् ।’ कार्यक्रममा सहभागि होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिम कंडेलले होटल क्षेत्रमा लगानी बिस्तार भएपनि यो व्यवसायलाई हेर्ने राज्यको गलत दृष्टिकोणका कारण फस्टाउन नसकेको बताए । बाँकेमा रहेका होटल व्यवसायीहरुले टुर प्योकज बनाउन सुरु गरेका छन् ।

प्रकाशित मितिः     १४ चैत्र २०७५, बिहीबार ११:५४  |
error: Content is protected !!