महिलामैत्री बस चलाउँदै नेपालगन्ज उपमहानगरपालिका


बाँके : नेपालगन्ज उपमहानगरपालिकाले महिलामैत्री बस सन्चालन गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै छ वटा बसहरु सन्चालन गर्ने गरी सुविधा सम्पन्न बस सन्चालन गर्ने तयारी भइरहेको उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए ।
बस कम्पनीले स्याम्पलका लागि केही बस उपमहानगरपालिकामा ल्याएको छ । प्रवक्ता रिजालका अनुसार महिला सुरक्षालाई ध्यानमा राखेर उपमहानगरपालिका आफैले बस सन्चालन गर्न लागेको हो । यस्तो बस उपमहानगरपालिका भित्र मात्र नभई आसपासका सडकमा समेत गुड्ने छन् ।
‘महिला यात्रु मात्र चढ्ने गरी बस सन्चालनको योजना बनाएका छौ । त्यसमा चालक र अन्य कर्मचारी पनि सकभर महिलालाई नै राख्न खोजिरहेका छौं ।’ प्रवक्ता रिजालले भने–‘तत्काल महिला चालकको व्यवस्था हुन नसके तालिम दिन्छौ ।’ उपमहागरपालिकाले पहिलो पटक यस्तो काम गर्न लागेको छ ।

प्रकाशित मितिः     १३ चैत्र २०७५, बुधबार ११:२८  |