मासु र खाद्यन निर्यातको पहल गर्ने युएई राजदुतको प्रतिवद्धता


नेपालगन्ज : नेपालका लागि संयुक्त अरव ईमिरेटस् (युएई) का राजदुत सईद हमदान अलनक्वीले प्रशोधन गरेको मासु र खाद्य सामाग्री निर्यातका लागि पहल गर्ने बताएका छन् । नेपालगन्जका उद्योगी, व्यवसायीहरुसंगको भेटघाटका क्रममा बुधवार राजदुत अलनक्वीले निकट भविष्यमा नेपालबाट युएईमा प्रशोधन गरिएको मासु र खाद्य सामाग्री निर्यात हुनेमा ढुक्क हुन आग्रह गरे ।
‘आजको भोली नै निर्यात गर्न नसकिएला तर निकट भविष्यमा यसको प्रक्रिया सुरु गर्छौ ।’ राजदुत अलनक्वीले भने–‘मासु र खाद्यन निर्यातको सम्भावना धेरै देखेको छु ।’ राजदुत अलनक्वीले नेपाल र भारतको ब्यापार बढाउन आफुले पहल गर्ने बताए । दुई देशबीच आर्थिक सम्बन्ध बढ्दै गएको राजदुतले बताए ।


नेपालगन्ज उद्योग वाणिज्य संघले राजदुतको सम्मानमा कार्यक्रम आयोजना गरेको थियो । कार्यवहाक अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले पश्चिम नेपालबाट युएईमा जडिबुटी, खाद्यन, मासुको निर्यातको वातावरण बनाउन आग्रह गरे ।
कार्यक्रममा प्रदेश सांसद याकुव अन्सारी,नेकपाका नेता मोहमद हारुन, शकिल अहमद जसगढ, टंक धामी, बसन्त लामिछाने, फरदुल हक हल्वाई लगायतले बोेलेका थिए ।


प्रकाशित मितिः     १३ चैत्र २०७५, बुधबार १५:३०  |
error: Content is protected !!