महिलाले सन्चालन गरेको गार्मेन्ट उद्योग देखेर युएई राजदुत प्रभावित


नेपालगन्ज : नेपालका लागि संयुक्त अरव ईमिरेटस् (युएई) का राजदुत सईद हमदान अलनक्वीले नेपालगन्जस्थित न्यू लुम्बिनी गार्मेन्ट उद्योगका उत्पादनको प्रर्वधनका लागि सहयोग गर्ने बताएका छन् । कश्मिरा खातुनले सन्चालन गरेको उक्त उद्योगको बुधवार राजदुत अलनक्वीले अवलोकन गरेका थिए ।


युएई राजदुत महिला आफैले सन्चालन गरेको गार्मेन्ट उद्योग देखेर प्रभावित भए । एक वर्षअघि सोही उद्योग आगलागीका कारण जलेर नष्ट भएको थियो । आगलागीबाट हरेस नखाएकी कश्मिराले फेरी उद्योगलाई उकास्ने काम गरिरहेकी छन् । नेपालगन्जका राजनीतिज्ञ मोहमद हारुन, अत्तर हुसेन फारुक लगायतको पहलमा युएई राजदुत गार्मेन्ट उद्योग अवलोकनका लागि नै नेपालगन्ज आएका थिए ।
उद्योग अवलोकनपछि राजदुत अलनक्वीले त्यहाँ उत्पादन भएका सामाग्रीहरु युएईमा प्रर्वधन गर्न स्टलको व्यवस्था गरिदिने आश्वासन दिएका छन् । न्यू लुम्बिनी गार्मेन्ट उद्योगमा कपडाहरु उत्पादन हुने गर्छन।गार्मेन्ट उद्योग अवलोकनमा प्रदेश सांसद कृष्णा केसी नमुना, मुस्लिम अगुवा एवं नेकपाका नेता ताज मोहमद मिया, मोहमद हारुन, अत्तर हुसेन फारुकी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः     १४ चैत्र २०७५, बिहीबार ०६:५१  |