नेपालगन्ज शहर प्लाष्टिकमुक्त, कागजयुक्त बन्ने,कागजका झोला उत्पादकलाई अवसर


बाँके : नेपालगन्ज शहर अब प्लाष्टिकमुक्त र कागजका झोलायुक्त बन्ने भएको छ । उपमहानगरपालिकाको कार्यालयले नीतिगतरुपमा प्लाष्टिकमुक्त शहर बनाउने योजनालाई व्यवहारिकरुपमा कार्यान्वयन शुरु गरेको छ ।
प्रदुषणको प्रमुख कारण मध्ये एक प्लाष्टिकलाई निषेध गरी कागज र कपडाका झोला प्रयोगमा ल्याउने तयारी भइरहेको छ । त्यही तयारीलाई व्यवहारिकरुपमा कार्यान्वयन गर्न नेपालगन्ज उपमहानगरपालिकाले कपडा र कागजका झोला उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गरिरहेको छ ।
उपमहानगरपालिकाले चैत १८ गते सार्वजनिक सूचना जारी गरी कपडा र कागजका झोला उत्पादन गरिरहेका र गर्ने सोंचमा रहेका फर्महरुलाई सम्पर्कमा आउन आग्रह गरेको छ । त्यस्ता झोला उत्पादकको सूची तयारी गरी आगामी कार्ययोजना तयार गरिने छ । सूचीकरणका लागि चैत २५ गतेसम्म म्याद कायम गरिएको छ ।
बाँकी सुचना हेर्नुहोस् ।

प्रकाशित मितिः     २२ चैत्र २०७५, शुक्रबार ०८:१४  |