‘न्यू एयर इभ’ को तयारीमा जुटे नेपालगन्जका होटलहरु


नेपालगन्ज, २५ चैत : यहाँका होटलहरु नयाँ वर्ष २०७६ को स्वागत जुटेका छन् । तारेदेखि मध्यमस्तरका होटलले आ–आफ्नै तरिकाले नयाँ वर्षलाई उत्सवका रुपमा मनाउने गर्छन् ।  नयाँ वर्ष जस्ता बिशेष अवसरहरु मनोरन्जन गर्न मात्र सीमित नभई ब्यापार बढाउने माध्यम समेत बन्ने गरेका छन् । राष्ट्रिय र स्थानीय कलाकार सहितको बिशेष सांस्कृतिक कार्यक्रम गर्ने तयारी भइरहेको होटल व्यवसायीहरुले बताएका छन् ।


नेपालगन्जको होटल सिद्धार्थले न्यू इयर इभ चर्चित गायक दिपक बज्राचार्यको बिशेष सांगीतिक कार्यक्रम सहित मनाउँदैछ । चैत ३० गते होटल सिद्धार्थले कार्यक्रम राखेको छ । त्यस्तै होटल कलपत्रु, होटल ग्यालेक्सी , द किचन टप्स लगायतका होटलहरुले न्यू इयर इभको तयारीमा जुटेका छन् । उक्त अवसरमा होटलहरुले आफ्नो होटलमा आउने सेवाग्राहीका लागि बिशेष छुटको व्यवस्था समेत गर्छन ।

 

प्रकाशित मितिः     २५ चैत्र २०७५, सोमबार १०:०८  |