नेपालगन्ज रुटबाट कैलाश यात्राको ‘बुकिङ्ग’ खुल्ला


फाइल तस्वीर : कृष्ण अधिकारी/बिबिसीबाट

नेपालगन्ज,२५ चैत : ट्राभल एजेन्सीहरुले नेपालगन्ज– हिल्सा रुट हुँदै मानसरोवर यात्राका लागि हुने ‘बुकिङ्ग’ खुल्ला गरेका छन् । आगामी बैशाख महिनाबाट कैलाश मानसरोवरको तिर्थयात्राको सिजन शुरु हुन्छ । सम्भवत केही दिनमै तिर्थयात्रीको पहिलो ‘लट’ कैलाश मानसरोवर जाने ट्राभल एजेन्सीहरुले बताएका छन् ।
कैलाश यात्रा प्रालिले आफ्नो वेयभसाईडमा नयाँ सिजनका लागि बुकिङ्ग शुरु भएको सूचना सार्बजनिक गरेको छ । उसले बिशेष प्याकेज भन्दै नेपालगन्ज रुटबाट कैलाश जाने तिर्थयात्रीको रकमको छुट दिने बताएको छ । ८ दिने प्योकजमा भारतीय रुपैया १ लाख ९० हजारमा छुट दिने उक्त कम्पनीले जानकारी दिएको छ ।
नेपालगन्जको बाटो हुँदै संयौ तिर्थयात्री मानसरोवरको यात्रा गर्छन । वैशाखदेखि असार कैलाश मानसरोवर यात्राका लागि सबैभन्दा उपयुक्त समय मानिन्छ । असोज महिनासम्म पनि त्यहाँ जाने पर्यटकहरूको चहलपहल देखिन्छ । कैलाश मानसरोवर जाने अधिकांश पर्यटक भारतीय छन् । उनीहरू काठमाण्डूबाट नेपालगञ्ज आउँछन् भने यहाँबाट ४५ मिनेटको हवाई यात्रापछि हुम्लाको सिमिकोट पुग्छन् । त्यहाँ हेलिकप्टरबाट सिमिकोट हुँदैसीमावर्ती हिल्सा पुग्छन् जहाँबाट उनीहरू मोटरबाटोबाट ताक्लाकोटतर्फ लाग्छन् ।

प्रकाशित मितिः     २५ चैत्र २०७५, सोमबार १२:०२  |