नेपालगन्ज, २८, चैत : नेपालगन्ज उपमहानगरपालिकाले आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा आउने पाहुनाको स्वागतका लागि घर,आगनदेखि शहरलाई सफा राख्न अपील गरेको छ । प्रवक्ता प्रमोद रिजालले बिहिवार बिज्ञप्ती जारी गर्दै उपमहानगरपालिकाका तर्फबाट यस्तो अपील गरेका हुन । हेर्नुहोस् बिज्ञप्ती ।
प्रेस विज्ञप्ती
आठौं राष्टिय खेलकुद प्रतियोगितामा यस ऐतिहासिक नगरी, सदभाव तथा विविधताको शहर नेपालगंजमा आउनु भएका पाहुनाहरुमा नेपालगंज उप महानगरपालिका हार्दिक स्वागत र सम्मान गर्दछ । “आठौं खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा” भन्ने मुख्य नाराका साथ देश कै सबैभन्दा ठुलो खेलकुद प्रतियोगिता, आठौं राष्टिय खेलकुद प्रतियोगिता नेपालगंजमा हुन लागेकामा हामी अत्यन्त गौरवान्वित भएका छौं । यस अवसरमा वाहिरी जिल्लाबाट आउने सम्पुर्ण खेलाडी प्रशिक्षक लगाएतका पाहुनाहरुलाई स्वागत सत्कार तथा आतिथ्यपुर्ण व्यवहार गर्नहुन सम्पुर्ण नगरबासी दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक अनुरोध गर्दछौं ।
खेल तथा खेलाडीको सम्मानमा नेपालगंज उप महानगरपालिका आर्थिक तथा अन्य आवश्यक सहयोगका लागि सदैव तत्पर रहेको कुरा व्यक्त गर्दछौं । सुन्दर सफा र सभ्य नेपालगंज हामी सबैको परिकल्पना भएको परिचय बनाउनका लागि सबैले आफ्नो घर पसल तथा उद्योगबाट निस्कने फोहर जथाभावी नफालौं । नगर सफा राखौं । बिभिन्न गाउँ, टोल तथा शहर सफा राखि सभ्यताको परिचय दिनुहुन सबै नगरबासी दाजुभाई तथा दिदि बहिनीहरुमा नेपालगंज उप महानगरपालिका हार्दिक अनुरोध गर्दछौं ।
प्रमोद रिजाल
प्रवक्ता
नेपालगंज उप महानगरपालिका