अपडेट : नेपालगन्ज रंगशालामा अहिले भइरहेका गतिविधि तस्वीरमा हेर्नुहोस्


नेपालगन्ज, ५ बैशाख : राष्ट्रपति बिद्यादेवी भण्डारीले अबको केही घण्टामा नेपालगन्ज रंगशालामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समुद्घाटन गर्नुहुनेछ । साँझ ६ बजेदेखि औपचारिकरुपमा समुद्घाटन समारोह हुनेछ । त्यसका सम्पूर्ण तयारी पुरा भएको राखेपले जानकारी दिएको छ ।

यतिबेला नेपालगन्ज रंगशालामा समुद्घाटन समारोहको लागि गर्नुपर्ने जस्तै मन्चलाई फुलले सजाउने, ब्यानर मिलाउने जस्ता कामहरु भइरहेका छन् । सुरक्षाकर्मीको बाक्लो उपस्थिती छ भने ट्राफिक व्यवस्थापनका लागि प्रहरीको उच्च सतर्कता अपनाएको छ । राष्ट्रपति आउने भएका कारण नेपाली सेनाको बिशेष उपस्थिती रहनेछ । राखेपका पदाधिकारीहरु साँझको उद्घाटन समारोहको व्यवस्थापनमा व्यस्त छन् ।


 

प्रकाशित मितिः     ५ बैशाख २०७६, बिहीबार १२:३४  |
error: Content is protected !!