नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य सडकमा हाईमास्टको उज्यालो, गाउँमा अन्धकार


रातमा हिरमिनिया जाने बाटो । यहाँ सडकक्षेत्रमा पोल गाड्ने तयारी भने भइरहेको छ ।

नेपालगञ्ज २९ भदौ – नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य सडक बिपीचोक रातभर हाईमास्ट लाईटले उज्यालो हुन्छ । उपमहानगरपालिकाले अन्य ८ स्थानमा हाईमास्ट लिाईट निर्माणकै क्रममा छन् । ठुलो धनराशी खर्च गरेर मुख्य सडकमा जडान गरिएका हाईमास्टले उज्यालो बनाए पनि नेपालगञ्ज उपमहानगरपालिका भित्रका कयौं सडक भने बिना बत्ती अन्धकारमय हुन्छ ।

उपमहानगरको मुख्य सडक सुर्खेतरोडदेखि भित्र जाने सडकमा समेत उज्यालोको कुनै व्यवस्था छैन । तपाई भेरी प्राविधिक शिक्षालय प्रवेश गर्ने बाटोमा राती आउनु भयो भने अन्धकार पाउनुहुन्छ । त्यहाँ पैदल यात्रुले टर्च बोकेर हिड्नुपर्ने अवस्था छ । यि बाहेक पछि उपमहानगरपालिकामा जोडिएका गाउँका सडकमा त उज्यालोको कुनै व्यवस्था छैन ।

चौलिकादेखि हिरमिनियासम्म जाने बाटोको अवस्था त्यस्तै छ । तरकारीको पकेट क्षेत्रका रुपमा रहेको हिरमिनिया जाने बाटोमा कहि सडक बल्व राखिएको छ । जिरो वाटका कारण त्यसले उज्यालो दिदैन् । अन्य ठाउँमा बल्व नै छैन । कामकाजले शहरबाट घर जाने र तरकारी लगायत आफुले उत्पादन गरेका सामाग्री विक्री वितरण गर्न बिहानै नेपालगञ्ज आउँदा टर्च बालेर आउनुपर्ने बाध्यता उनीहरुको छ ।

प्रकाशित मितिः     २९ भाद्र २०७६, आईतवार ०८:२२  |