मन्त्री भट्टराईको ढिलाई १ घण्टा होइन १५ मिनेट, विमानस्थल प्रमुख भन्छन्–‘यथार्थ यही हो’


नेपालगञ्ज २९ भदौ – पर्यटनमन्त्री योगेश भट्टराई माथि शनिवार साँझ राँझा बिमानस्थलमा बुद्ध एयरको बिमान भित्रै एउटा समूहले दुव्र्यवहार ग¥यो । कैलालीको एउटा कार्यक्रम सकेर मन्त्री भट्टराई काठमाण्डौंमा जादै थिए । पाईलटले उडान भर्ने तयारी गर्दैगर्दा सोही बिमानमा काठमाण्डौं जान लागेका ज्ञानेन्द्र शाही नेतृत्वको समूहले ‘पहुँचका आधारमा उडान समय एकघण्टा ढिलो गराएको’ भन्दै मन्त्री बिरुद्ध जाइलागे । बिमान जस्तो अति संवेदनशिल ठाउँमा हुलहुज्जत गर्दै मोवाईलबाट भिडियो समेत बनाउन भ्याएको शाही नेतृत्वको समूहले फेसबुक, युट्युवमा राखेको भिडियो अहिले ‘भाईरल’ बनेको छ । उक्त भिडियोमा शाहीले ‘किन एकघण्टा ढिलो गराएको ?’ भन्दै मन्त्रीलाई धम्कीपूर्ण शैलीमा प्रश्न गरेको स्पष्ट सुनिन्छ ।

बिवादकै बीच पाईलटले बिमान उडाएर काठमाण्डौं पु¥याए । त्यहाँ पुगेपछि मन्त्री भट्टराईले कैलालीबाट कार्यक्रम सकेर फर्किदा ‘१५ मिनेट’ ढिलो भएको स्वीकार गर्दै यात्रुसंग माफी मागेका छन् । माफी माग्दा माग्दै आफु माथि नियोजितरुपमा दुव्र्यवहार भएको कुरा सामाजिक सञ्जालमा ‘पोष्ट’ गरेका छन् । दुव्र्यवहारको भिडियो सार्वजनिक भए पछि मन्त्री भट्टराईप्रति सहानुभुती प्रकट गरिएको छ । दुव्र्यवहार हुँदा मन्त्रीले हुलहुज्जत गर्ने समूहप्रति एक शब्द पनि नबोली घटनालाई सामान्यकरण गराएको प्रष्ट हुन्छ । त्यही संयमताले थप बिवाद हुनबाट जोगिएको भन्दै उनको प्रशंससा पनि भइरहेको छ ।

तर  मन्त्री भएको केही दिनमै नागरिक उड्न क्षेत्रको सुधारमा कडा अनुशासनपालना सहित कार्ययोजना बनाएका उनी आफैले ‘एक घण्टा किन कुराए ?’ भन्ने प्रश्न पनि उब्जिएको छ । फेसबुक र युट्युवमा ज्ञानेन्द्र शाहीका फ्लोर्सहरुले यही प्रश्न तेर्साउँदे मन्त्री भट्टराईको मानमर्दन गरिरहेका छन् । के साच्चिकै मन्त्री भट्टराईले यात्रुलाई एक घण्टा कुराएकै हुन त ? नागरिक उडड्यन प्राधिकरण नेपालगञ्ज कार्यालय र बुद्ध एयरका अधिकारीका अनुसार, मन्त्रीले भनेझै १५ मिनेट ढिलो भएकै हो  । एकघण्टा ढिलो भएको होइन ।

‘विविध कारणले १५ मिनेट ढिलो भएकै हो । १ घण्टा होइन । छानविन समेत गठन भयो भने हामी त्यसको प्रमाण दिन्छौ ।’ नागरिक उडड्यन प्राधिकरण नेपालगञ्ज कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले भने । बुद्ध एयर नेपालगञ्जका स्टेशन म्यानेजर बिनित शाहले पनि एक घण्टा ढिलो नभएको स्पष्ट पारे । भने,–‘त्यस्तै १५ जति ढिलो भएको हो ।’  काठमाण्डौंबाट नेपालगञ्ज  ६ बजे नेपालगञ्जमा आउनुपर्ने बिमान ६ : १५ मा ओर्लियो । करिव २० देखि २५ मिनेट जति बिमानले ‘एयरपोर्ट टाईम’ लिंदा ६ : ३५ देखि ४० मिनेट भइसकेको थियो । मन्त्रीको टोली बिमानस्थलमा पुग्दा ६ : ५० देखि ६ : ५५ बजिसकेको थियो ।

‘१५ मिनेट ढिलो हुने भयो भनेर मन्त्री ज्यूले निकै दुःख मनाउ गर्दै हुनुहुन्थ्यो ।’ ठाकुरले भने–‘जति छिटो आउन खोजे पनि ढिला भयो ।’  आफ्ना कारणले ढिलो भएको महसुस गरेका मन्त्री भट्टराईले मन्त्रालय मातहतका बिमानस्थलका कर्मचारीदेखि बिदाईका आएका पार्टीका नेतालाई टाडैबाट बाई भन्दै सिधै बिमान भित्र गएर आफ्नो सिटमा बसे । ‘उहाँले निकै अफ्ठयारो महसुस गर्नुभएको थियो । त्यही भएर कसैसंग नभेटी सिधै प्लेनमा चढ्नुभयो’– ठाकुरले भने । बिमानभित्र पस्ने बित्तिकै पहिल्यैदेखि हुलहुज्जतको योजना सहित बसेका शाही नेतृत्वको समूहले मन्त्री भट्टराई माथि दुव्र्यवहार गर्दै भिडियो खिच्न शुरु गरेको थियो । आफ्ना कारणले यात्रु मर्का परेको महसुस गरेका मन्त्री भट्टराई एयरपोर्ट पुगेपछि त्यहाँ उपस्थित नेकपाका नेता र कर्मचारीलाई समेत नभेटी टाडैबाट ‘बाई’ गरेर प्लेन चढेका थिए । १५ मिनेटको ढिलाईप्रति उनले यात्रुसंग माफ माग्न खोजेका मात्र के थिए उनी माथि दुव्र्यवहार गर्दै भिडियो खिच्न शुरु भयो ।

‘मन्त्री ज्यू आउनुभन्दा पहिल्यै यो समूहले नारावाजी गरेको थियो । म आफै गएर सम्झाउँदा हामी माथि पनि दुव्र्यवहार भयो ।’ ठाकुरले भने–‘त्यसपछि सिटमा बसेको अवस्थामा पनि मन्त्री ज्यूलाई दुव्र्यवहार भयो ।’ करिव १० मिनेटसम्म बिमानभित्रै बिवाद भएको बिमानस्थल स्रोतले बताएको छ । बिवाद पछि ७ : ०४ मिनेटमा बिमान उडेको थियो । मन्त्री स्वयं संयमित भए पछि हुलहुज्जत गर्ने समूहलाई ‘अफलोड’ गर्ने जस्ता कारवाहीका लागि प्रहरी र प्राधिकरण अघि सरेनन् । तर बिमानभित्रै भएको यो घटनाले हवाई उडड्यन क्षेत्रमा असुरक्षा बढाएको छ । बिमानस्थलभित्र हुने समस्याका बारेमा मौखिक र लिखितरुपमा जानकारी गराए कारवाही हुने गर्न सकिने ठाउँ हुँदाहुँदे उक्त समूहले संवेदनशिल ठाउँमा हुलहुज्जत गरेको बिमानस्थल प्रमुख ठाकुरले बताए । उक्त समूह माथि कारवाही हुन्छ त भन्ने प्रश्नमा उनले भने,–‘केन्द्रसम्म पुगिसकेको विषयमा के हुन्छ हेरौ ।’

सबै देशको कानूनमा विमानभित्र गरिने असामान्य व्यवहार कसूर ठहरिने व्यवस्था छ । नेपाल नागरिक उड्डयन ऐन, २०७३ को नागरिक उड्डयनको नियमन तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा ‘वायुयानमा यात्रुबाट हुने अवांछित व्यवहारजन्य कसुर’ को व्यवस्था गरिएको छ । उक्त व्यवस्थामा उल्लेख गरिएबमोजिम, ‘उडानमा रहेको वायुयानमा कुनै यात्रुले वायुयानमा सवार चालकदलका सदस्य वा अन्य यात्रु माथि हातपात वा दुर्व्यवहार गरेमा वा वायुयानका यन्त्र, उपकरण वा सरसामानमा हानि नोक्सानी पुर्‍याउने कार्य गरेमा वा वायुयानभित्रको शान्ति सुव्यवस्थाका साथै उडान सुरक्षामा समेत खलल पुग्ने अन्य कुनै किसिमको कार्य गरेमा अवांछित व्यवहार गरेको कसूर मानिनेछ र यस्तो कसुर गर्नेलाई रु. दश हजारदेखि एक लाख रुपैयाँसम्म जरीवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’

प्रकाशित मितिः     २९ भाद्र २०७६, आईतवार १४:०८  |