‘दुर्गममा उडान घटाउदा बाध्यताले जहाज चढ्नुपर्ने गरिवलाई थप मर्का’


नेपालगञ्ज २ असोज – नेपाल वायुसेवा निगमको सुधारका दुर्गम र विकट ठाउँमा उडान थप्न सुझाव दिएको छ । निगमको सुधार गर्नका लागि सुझाव दिन गठित कार्यदलले निजीकरण वा विगठन गर्न सुझाव दिएका हो । कार्यदलले संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई बुधबार बुझाएको प्रतिवेदनमा निगमले दुर्गममा उडान संख्या घटाउँदा बाध्यताले जहाज चढ्नुपर्ने गरिब जनालाई थप मर्का परेको उल्लेख गरेको छ ।

कार्यदलको सुझाव अनुसार, दुर्गम र विकट क्षेत्रमा उडान थपे कर्णाली प्रदेशमा आवातजावत गर्ने सर्वसाधारणलाई सबैभन्दा बढि फाईदा पुग्ने छ । सडक यातायातको भरपर्दो सुविधा नहुँदा कर्णालीका धेरे जिल्लाहरु जहाजमै चढ्न बाध्य छन् । नेपाल वायुसेवा निगम सुधार कार्यदलले आन्तरिक गन्तव्य विश्लेषण गरी उपयुक्त जहाजको व्यवस्था गर्नुपर्ने देखिएको सुझाव दिएको छ ।

निजी विमान कम्पनीले दुर्गम क्षेत्रमा जहाज नउडाउने भएकाले वायु सेवा निगमको माग बढेको तर अभावका कारण मागपुर्ती हुन नसकेको कार्यदलको निष्कर्ष छ । कार्यदलले निगमको आन्तरिक उडान तर्फ २७ प्रतिशत उडान रद्द हुने गरेका कारण बिश्वास गुमेको समेत बताएको छ । यसले गर्दा यात्रु र ट्राभल एजेन्सीको बिश्वास गुमेकाले त्यसतर्फ सुधार गर्न भनिएको छ ।

प्रकाशित मितिः     २ आश्विन २०७६, बिहीबार ०८:०२  |