खजुरा सम्मेलनबाट जारी भएको २१ बुंदे घोषणापत्र


समृद्ध खजुरा घोषणा­पत्र,
२०७६
खजुरा गाउँपालिकाको आयोजनामा सम्पन्न खजुरा सम्मेलनबाट पारित घोषणापत्र

नेपालको संविधान र संघीय समावेशी लोकतान्त्रिक गणतन्त्र, संयुक्त राष्ट संघद्धारा जारी मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८, दिगो विकासका लक्ष्यहरु प्रति प्रतिबद्ध हुदै, गरिबी, विभेद, अन्याय, असमानता, सामाजिक कुरिति, विसंगतीको अन्त्य र सामाजिक न्याय, मानव अधिकारको सम्मान गर्दै,  दिगो विकास, उच्च फराकिलो समावेशी आर्थिक वृद्धि सहितको समृद्ध खजुराको यात्रा सफल पार्नका लागि बृहत खजुरा सम्मेलनमा प्रस्तुत भई सुझावको रुपमा आएका अवधारणा, सिद्धान्त र विचारलाई आत्मसाथ गर्दै, सार्वजनिक, नीजि, सहकारीको तीन खम्बे अर्थ नीतिको मर्मलाई आत्मसाथ गर्दै, हामी सम्पुर्ण खजुराबासी : २१ बुँदे घोषणा­पत्र २०७६ जारी भएको घोषणा गर्दछौं ।
बुदाँहरु
१. यो सम्मेलन, बृहत खजुरा सम्मेलनको उद्घाटन समारोहमा प्रमुख वक्ताको रुपमा उपस्थित प्रदेश न। ५ का माननीय मुख्यमन्त्री शंकर पोखरेल लगायत सबै माननीयज्यूहरु, आमन्त्रित सम्पूर्ण अतिथिलाई धन्यवाद सहित समारोहमा समृद्ध खजुरा निर्माणका लागि दिनुभएको सल्लाह सुझावलाई आत्मसाथ गर्दछ ।
२. यो सम्मेलन, खजुराको बिकास र समृद्धिको यात्रामा सबैको साथ ,समर्थन सुझाव सहित अघि बढ्ने संकल्प गर्दछ ।
३. यो सम्मेलन, ‘समृद्ध खजुरा, हाम्रो चाहना’ का लागि एकाकार हुदै नीति निर्माण, योजना तर्जुमा र कार्यान्वयन गर्ने प्रण गर्दछ ।
४. यो सम्मेलन, खजुरा समृद्धिको मुख्य आधार कृषिलाई मान्दै ‘हरित खजुरा शहर’ बनाउने अभियानमा प्रतिवद्ध छ ।
५. यो सम्मेलन ,रोजगारीका लागि उद्दमशीलतालाई बढाउन खजुरा ब्रान्ड स्थापित गर्न प्रतिबद्ध छ ।
६. यो सम्मेलन खजुराको आर्थिक विकासका लागि लघु तथा मझौला उद्योग ग्राम निर्माण गर्दै रोजगारीका पर्याप्त अवसरहरु सिर्जना गर्ने दिशामा केन्द्रित हुने प्रण गर्दछ ।
७. यो सम्मेलनसमावेशी, वातावरणमैत्री, लैगिंक, अपांगमैत्री सहितको आर्थिक विकासका आयामहरुलाई प्रवद्र्धन गर्ने भौतिक पूर्वाधारको निर्माणको संकल्प गर्दछ ।
९.यो सम्मेलन विकास आयोजना, कार्यक्रम तथा अभियानहरुमा जनताको अधिकतम, निर्णायक, सक्रिय सहभागिता सुनिश्चित हुने उपायहरु अवलम्बन होस् भन्ने मान्यतामा प्रतिवद्ध छ ।
१०. यो सम्मेलन पढ्न पाउनु पर्ने बालबालिकाको अधिकारको सम्मान गर्दै खजुरालाई शैक्षिक हब बनाउने प्रण गर्दछ ।
११. यो सम्मेलन मानवीय श्रोतलाई सिपमुलक बनाउनका लागि प्राविधिक तथा व्यवसायिक शिक्षालाई उच्च प्राथमिकता दिने घोषणा गर्दछ ।
१२. यो सम्मेलन शिक्षा क्षेत्रमा रहेका समस्याहरुको सम्बोधन, विद्यालय विचमा छाड्ने र विद्यालय बाहिर रहेका विशेष व्यवस्था गर्न प्रतिवद्ध छ ।
१३. यो सम्मेलन खजुरा समृद्धिको आधार गुणस्तरिय र पहुँचयोग्य स्वास्थ्य सेवामा सुधार प्रति प्रतिवद्धता व्यक्त गर्दछ ।
१४. यो सम्मेलन सबै प्रकारका सामाजिक कुरिती, बाल विवाह, दाइजो प्रथा, घरेलु हिंसा, महिला माथि हुने सबै प्रकारका हिंसा, जातीय विभेद, छुवाछुतको अन्त्यका लागि प्रतिवद्धता व्यक्त गर्दछ ।
१५. महिलाहरुलाई आर्थिक, सामाजिक, राजनीतिक रुपमा शसक्त बनाउन प्रतिबद्ध छ ।
१६. यो सम्मेलन खेलाडिहरुको प्रतिभाको पहिचान र सम्मान गर्दै खेलकुद जगतलाई नीति, संरचना र कार्यक्रममा समेटि अगाढि बढ्न प्रतिवद्ध छ ।
१७.यो सम्मेलन खजुरा क्षेत्रका पछाडी परेका पारिएका वर्ग, क्षेत्र र समुदायलाई विकासको मूलप्रवाहमा ल्याउन प्रतिबद्ध छ ।
१८. यो सम्मेलन अध्ययन अनुसन्धान, अन्वेषण र सिर्जनशिलतालाई सुश्चितताका लागि प्रतिवद्ध छ ।
१९. यो सम्मेलन समावेशी, पारदर्शि, प्रभावकारी, मितब्ययी, जवाफदेहि, उत्तरदायि शासन प्रतिबद्ध रहदै गुणस्तरीय तथा सुलभ सेवा प्रदानका लागि प्रतिवद्ध छ ।
२०. यो सम्मेलन खजुराको समृद्धिका लागि यस क्षेत्रमा रहेका विषय विज्ञ सहित सम्पूर्ण मानव संसाधनको अधिकतम उपयोग साथै गैरआवसीय खजुरेलीहरुको विज्ञताको उपयोग साथ सहयोग लिने प्रतिवद्ध गर्दछ ।
२१। यो सम्मेलन कार्यपत्रहरु, कार्यपत्रमाथि गरिएका टिप्पणीहरु र आएका सुझावलाई तत्कालिन, मध्यकालिन र खजुरा गाउँपालिकाले निर्माण गर्दै रहेको दिर्घकालिन गुरुयोजना ९ मास्टर प्लान० मा समावेश गरि अगाढि बढ्ने घोषणा गर्दछ ।
मिति २०७६ कार्तिक ७ गतेका दिन

प्रकाशित मितिः     ७ कार्तिक २०७६, बिहीबार १९:२४  |