प्राविधिक शिक्षालय खोल्न भोलीबाट बानियाभारमा महायज्ञ शुरु हुँदै


नेपालगन्ज १० मंसिर – बाँकेको बैजनाथ गाउँपालिका–४ बनियाभारस्थित विपी मेमोरियल मावि (कक्षा ११ र १२)मा (आईटि) प्राविधिक कक्षा सञ्चालकका लागि महायज्ञ लगाईने भएको छ ।
विद्यालयको कक्षा ११ र १२ मा आईटि कक्षा सञ्चालन र विद्यालयको सर्वाङ्गीण विकास निमित्त श्री वि.पि. मेमोरियल मावि शैक्षिक धार्मिक एवम् सांस्कृतिक ज्ञान महायज्ञ २०७६ सञ्चालनमा ल्याउने भएको छ । विद्यालयको आयोजनामा यहि मंसिर ११ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने वि.पि. मेमोरियल मावि शैक्षिक धार्मिक एवम् सांस्कृतिक ज्ञान महायज्ञ २०७६ का बारेमा मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिईएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका प्रधानाध्यापक गुन्जबहादुर केसीले विद्यालयको भौतिक विकास र शैक्षिक विकासका लागि धार्मिक महायज्ञ लगाउन लागिएको बताएका छन् । साथै उनले कक्षा १ देखि १० सम्म गुणस्तरीय शिक्षा र कक्षा ११ र १२ का लागि आईटि (प्राविधिक शिक्षा) कक्षा सञ्चालनका लागि महायज्ञले महत्वपूर्ण भूमिका रहने भएकाले सबैले आवश्यक सहयोग गरिदिन अनुरोध गरेका छन् ।
कार्यक्रममा बोल्दै ्वि.पि. मेमोरियल मावि शैक्षिक धार्मिक एवम् सांस्कृतिक ज्ञान महायज्ञ २०७६ का प्रचार प्रसार संयोजक प्रकाश शाहले सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा लागु गर्नका लागि महायज्ञ लगाउनु परेको बताउँदै महायज्ञबाट संकलित रकमले आईटि कक्षा संचालन गर्ने प्रमुख लक्ष्य रहेको बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै विद्यालय व्यवस्थापन समितिका सदस्य आशिष काफ्लेले महायज्ञबाट करिब ८० देखि ९० लाख सम्म संकलन हुने अनुमान गरिएको बताउँदै विद्यालयको शैक्षिक विकासका लागि सहयोग गरिदिन दाताहरुलाई विशेष आग्रह गरेका छन् ।
साथै बुधबार (भोलि) देखि सुरु हुने महायज्ञको उद्घाटन गर्न प्रतिनिधि सभाका सदस्य नन्दलाल रोकाय आउने जानकारी दिँदै कलश यात्रा सहित महायज्ञको भव्य रुपमा उद्घाटन गर्नका लागि तयारी पुरा भईसकेको उनले बताएका छन् । विद्यालयमा हाल कक्षा १ देखि १० कक्षामा सम्म सञ्चालनमा रहेको र महायज्ञबाट कक्षा ११ र १२ पनि संचालनमा ल्याउने तयारीमा रहेको जनाईएको छ ।

फुसको छानोबाट शुरु भएको स्कुलको प्राविधिक शिक्षालय खोल्ने योजना

प्रकाशित मितिः     १० मंसिर २०७६, मंगलवार १७:२४  |