नेपालगञ्ज – भेरी यातायात प्रालि नेपालगञ्जले बाँकेको सबैभन्दा बिकट मानिने सुईया बघौडा र बैजापुरक्षेत्रका बस सन्चालन गर्ने भएको छ । सडक सन्जाल बिस्तार भएपनि सार्वजनिक सवारीसाधन नचल्दा सो क्षेत्रका सर्वसाधारण मर्कामा पर्दै आएका छन् । सदरमुकाम नेपालगञ्ज आउन पनि मुस्किल छ ।
सर्वसाधारणको मर्कामा ध्यान राखेर उक्त क्षेत्रमा बस सन्चालन गर्ने तयारी भइरहेको अध्यक्ष राजेन्द्र गिरीले बताए । बस सन्चालनका लागि भेरी यातायातले स्थानीयबासिन्दा र जनप्रतिनिधिसंग छलफल गरिसकेको छ । छलफल सकारात्मक भएको अध्यक्ष गिरी बताउँछन् ।