बाँके निकुञ्जमा मुख्यमन्त्री दम्पत्तीको हात्तीसफारी


प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल दम्पत्तीले बाँके राष्ट्रिय निकुञ्जमा बुधवार बिहान हात्तीसफारी गरेका छन् । भ्रमण वर्षको अवसरमा खड्कबार हात्तीसारमा मुख्यमन्त्री पोख्रेल र मुख्यमन्त्री पत्नि सांसद सुजिता शाक्यले हात्ती सफारी गरे  । शाक्य नेकपाकी नेतृ र प्रतिनिधिसभा सांसद हुन ।

भ्रमण वर्ष बिशेष : बाँके पर्यटनको ‘ब्राण्ड’ निकुञ्ज

मुख्यमन्त्री दम्पत्ती सहित प्रदेश ५ का उद्योग, पर्यटन मन्त्री लिला गिरी दम्पत्तीले हात्तीमा सफारी गरेका थिए । दाङ्ग निवासी मुख्यमन्त्री दम्पत्ती बाँके निकुञ्जसंग परिचित छन् । तर उनीहरुले पहिलो पटक निकुञ्जमा सफारी गरे । हात्ती सफारी गर्दा उनीहरु निकै खुःसी देखिए । मुख्यमन्त्रीले आन्तरिक र बाह्य पर्यटक भित्रा्उन बाँके निकुञ्ज अब्बल सावित हुने बताए । जंगल सफारी उद्घाटन कार्यक्रम प्रतिनिधिसभा सदस्य महेश्वर गहतराज अथक, जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, नेपालगन्जका मेयर धवल शम्सेर राणा, कोहलपुरका मेयर लुटवहादुर रावत लगायतको सहभागिता थियो । निकुञ्जका वार्डेन प्रमोद भट्टराईले पर्यटकिय सम्भावनाका बारेमा बोलेका थिए । हेर्नुहोस् तस्विरहरु….

भ्रमण वर्ष बिशेष : पश्चिम आउने पर्यटकको पैसा हवाई टिकटमै ठिक्क

भ्रमण वर्ष बिशेष : बाँके पर्यटनको ‘ब्राण्ड’ निकुञ्ज

भ्रमण वर्ष बिशेष : पर्यटन प्रर्वद्धनमा सक्रिय जनप्रतिनिधि

होमस्टे सिकाउन तराईदेखि हिमालसम्म

भ्रमण वर्ष बिशेष : नेपालगञ्ज कसरी बन्यो मानसरोवरको ‘ट्रान्जिट’ ?

‘भ्रमण वर्ष २०२० को स्वागत नेपालगञ्जबाट गरियो’– मुख्यमन्त्री शंकर पोख्रेल

प्रकाशित मितिः     १६ पुष २०७६, बुधबार १०:४४  |