- ललित रौनियार
अादरणिय उघोगी ब्यवसायी महानुभाव ज्युहरु,
देशको बिकाश मा मेरुदण्डको भुमिका रहेको अार्थिक क्षेत्र अाज सरकारको गैर ब्यवसायी मैत्री नियम र कानुनले अक्राँत छ,उघोगी ब्यावसायी हरुको छाता सगँठन उघोग बाणिज्य सघँ र महासघँ दुई वटै सस्थाँ हरुले उघोगी ब्यावसायी हरुको हकहितको सँरक्षण र उघोग ब्यावसाय मैत्री बाताबरण बनाउन मा प्रभावकारी भुमिका खेल्न सकेको छैन,त्यसको प्रमुख कारण हो सस्थाँको मर्म,भावना र उद्देश्य लाई प्राथमिकता नदिएर ब्यक्तिगत राजनीतिक फाईदा लिने खुडकिलको रुपमा सँघलाई उपयोग गर्नु।
मित्रहरू,म कसैको ब्यक्तिगत अालोचना गर्न चाहदैन,तर कसै न कसैबाट सघँलाई सहि बाटोमा डोर्याउने पहल त गर्नै पर्छ,सघँ प्रति उघोगी ब्यावसायी हरुको अाशा,भरोसा र बिश्वास हालको अवस्थामा घट्दै गएको हामी कसैसँग लुकेको छैन,नयाँ अाउने नेतृत्वको सामु सबैभन्दा ठुलो चुनौती सघँ लाई ब्यवसायी हरुको हकहितका लागि लडने सस्थाँको रुपमा स्थापित गर्नु हो,साझा प्रजातान्त्रिक उघोगी ब्यावसायी समुहले मेरो नेतृत्व लाई बिश्वास गरि म माथि ठुलो जिम्मेवारी सुम्पेको छ मेरो पहिलो प्राथमिकता अग्रजहरुको बिश्वासलाई साकार पार्नु हो,अाज तपाईहरुको यो उपस्थितिले अगामि निर्वाचनका लागि महत्त्वपूर्ण भुमिका खेल्नेछ।
ललित रौनियारको नेतृत्वमा प्रजातान्त्रिक प्यानलको उम्मेदवारी घोषणा
मित्रहरू मबाट जानेर व नजानेर बिगतमा कसैको भावना लाई ठेस पुर्याउने खालको अभिब्यक्ति ब्यक्त भएको भए म साथीहरू समक्ष अात्मलोचन गर्दै,तपाईंको हरेक समस्या र अावश्यकता का लागि सघर्ष गर्ने बचनबद्धताका साथअाजको यश उम्मेदवार घोषणा कार्यक्रममा उपस्थित भएर कार्यक्रम लाई सफल बनाउनु हुने सम्पूर्ण उघोगी ब्यवसायी ज्युहरु,प्रचारप्रसार सचिवालयका सम्पूर्ण साथीहरू,सचारँकर्मी मित्रहरू एँव अग्रज दाजुहरुलाई धन्यवाद दिदै साझा प्रजातान्त्रिक समुहका सम्पूर्ण उम्मेदवार साथीहरू लाई अाफ्नो अमुल्य मत प्रदान गरि बिजयी बनाउन का लागि म सबै उघोगी ब्यावसायीहरुमा अनुरोध गर्दछु ।
ृरौनियार नपालगन्ज उद्योग वाणिज्य संघको माघ ११ गते हुने निर्वाचनमा प्रजातान्त्रिक प्यानलका अध्यक्षउम्मेदवार हुन । प्यानल घोषणासभामा उनले दिएको मन्तव्यको सार)