नेपालगन्ज ७ पुस – नेपालगञ्ज उद्योग वाणिज्य संघको निर्वाचन आउँदो शनिवार हुँदै छ । भेरी प्राविधिक शिक्षालयमा मतदान केन्द्र कायम गरिएको छ भने नयाँ कार्यसमितिका लागि ३ हजार बढि मतदाताले मतदान गर्दै छन् ।
निर्वाचनका लागि समावेशी प्यानल र साझा प्रजातान्त्रिक प्यानलका उम्मेदवारले उम्मेदवारी यतिबेला बिभिन्न रणनीति बनाएर मतदाता रिझाउन व्यस्त छन् । समावेशी प्यानलको तर्फबाट अध्यक्ष पदमा अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’, उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ, उपाध्यक्ष (उद्योग) तर्फ आदेश अग्रवाल उम्मेदवार छन् ।
त्यस्तै सदस्यमा टंक धामी,अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश बैश्य, धर्म अर्याल, बिजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बानिया ‘पप्पु’, मन्दिरा पाण्डे, भिम रानाभाट उम्मेदवार छन् । बस्तुगत तर्फ भिमलाल कँडेल (होटल व्यवसायी संघ बाँके अध्यक्ष) , सिद्धान्तजङ्ग राणा सिद्धु (टेन्ट व्यवसायी संघ बाँके)ले मनोनयन दर्ता गर्नुभयो । यसैगरी एशोसिएट तर्फ दिपेन्द्र विष्ट र सुवास विक्रम जिसीले उम्मेदवार छन् ।
त्यस्तै ललित कुमार रौनियार नेतृत्यको साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समूहको तर्फबाट उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेत उम्मेदवार छन् । यस्तै सदस्य पदमा अजय कुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर
खड्का, बदरुदिन अन्सारी, बिष्णु प्रसाद श्रेष्ठ, टंक प्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्र राज श्रेष्ठ र सुरेन्द्रसिंह सरदार उम्मेदवार छन् । संघको निर्वाचमा उम्मेदवारी दिएका उम्मेदवारको छोटो परिचय यस्तो छ । बिस्तृत हेर्न तल दिएको लिंकमा क्लिक गर्नुहोस् ।
यस्ता छन् साझा प्रजातान्त्रिक समूहका उम्मेदवार(हेर्नुहोस् बिस्तृत)