नेपालगन्ज ८ माघ – नेपालगन्ज हार्डवेयर व्यवसायी संघको तदर्थ समितिको अध्यक्षमा कृष्ण बहादुर थपलिया सर्बम्मत चयन भएका छन् । बुधबार नेपालगञ्जमा भएको भेलाले हार्डवेयर व्यवसायी संघ गठन गरिएको हो ।
तदर्थ समितिको प्रथम उपाध्यक्षमा कमल कुमार कार्की, द्वितिय उपाध्यक्ष राधेश्याम शर्मा, महासचिव दिर्घराज आचार्य र कोषाध्यक्ष दिपक अग्रवाललाई चयन गरिएको छ । हानको सदस्यहरुमा अच्युत गौतम, सरोवर प्रसाईं, महेश भण्डारी र टेक बहादुर क्षेत्री छन् । त्यस्तै सल्लाहकारहरुमा अच्युत प्रसाद प्रसाईं, सुनिल कुमार शर्मा, कैलाश शर्मा र रमानाथ ढकाल रहेका छन् ।