समुदायसंग हातेमालो गर्दै बाँके निकुञ्ज


नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्ज प्रशासनले मध्यवर्ती क्षेत्रका नागरिकसंग सम्बन्ध बिस्तार गर्दै संरक्षण अभियानमा हातेमालो गर्दै आएको छ । यसै क्रममा दाङ्गको पुरनधाराका स्थानीयसंग मंगलवार छलफल गरिएको छ । मध्यवर्ती क्षेत्रको विकास र वन्यजन्तु संरक्षण कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत थियो ।

समुदायको सहयोग बिना वन्यजन्तुको संरक्षण सम्भव नभएको निष्कर्ष सहित निकुञ्ज प्रशासनले सहयोगको अपेक्षा गरेको छ । निकुञ्जले पनि स्थानीयको विकासमा सहायता गर्ने प्रतिवद्धता जनाएको छ ।

कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका प्रमुख सँरक्षण अधिकृत प्रमोद कुमार भट्टराई, सहायक सँरक्षण अधिकृत पुरूष्त्तम शर्मा, राष्ट्रिय प्रकृति सँरक्षकोषका मनोज गौतम, समुदायमा आधारित चोरि सिकार नियन्त्रण युवा जागरण सञ्जालका अध्यक्ष कृष्ण चौधरीको सहभागिता थियो ।

प्रकाशित मितिः     १५ माघ २०७६, बुधबार ०८:०१  |