पाल्पा २१ माघ – ढाकाको टोपीमा सजिने धेरै छन् ।
तर कहिल्यै ढाकाको कोट लगाउनुभएको छ ? पक्कै छैन् । प्राय नबन्ने भएकाले यस्तो कोट लगाउने धेरैको रहर अधुरै रहने गरेको छ ।
तर अब भने त्यस्तो रहर पुरा हुँदैछ ।
पाल्पा जिल्ला तानसेन नगरपालिका–६ स्थित मदनपोखरा जानकी बस्त्रालयले ढाकाको कोट बनाएर विक्री शुरु गरेको छ ।
विभिन्न आर्कषक डिजाइनमा कोट तयार गरेको उक्त बस्त्रालयका सन्चालक राजेश कुमार भट्टराइले बताए ।
‘पाल्पाली ढाका टोपी त देश, बिदेशमा परिचित छ ।’ भट्टराइले भने–‘अब कोट पनि सबैको नजरमा पर्छ ।’
कोटको मूल्य रु ४ हजार ५ सयदेखि ६ हजार ५ सयसम्म कायम गरिएको छ ।