नेपालगन्जमा एकैदिन सिद्धार्थ बैंकका दुईवटा शाखा उद्घाटन


नेपालगन्ज २१ माघ – सिद्धार्थ बैंक लिमिटेडले नेपालगन्जको न्यूरोड र बिपीचोक  (नर्सिङ्गहोम अगाडी) मंगलवार शाखा बिस्तार गरेको छ ।

न्यूरोड शाखाको उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर उमा थापामगरले सामान्य भन्दा सामान्य नागरिकको आयस्तर सुधार गर्ने नीति ल्याउन बैंक तथा वित्तीय संस्थालाई अनुरोध गरिन ।

उपमेयर थापामगरले सबै नागरिकको पहुँचमा बैंक पुग्नुपर्ने र सहज, सरल तरिकाले सेवा दिन आग्रह गरिन । उनले नेपालगन्ज बैंक तथा वित्तीय संस्था स्थापना हुँदा थप लगानीको वातावारण बन्ने उल्लेख गरिन ।

नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालयका निर्देशक मुक्तिप्रसाद सापकोटा,सिद्धार्थ बैंकका बरिष्ठ नायब महाप्रबन्धक शेर बहादुर बुढाथोकी लगायतले वित्तीय पहुँच बढाउन भइरहेका प्रयासका बारेमा बोलेका थिए ।

उक्त बैंकको न्यूरोड शाखाको प्रमुख मनोजकुमार तिवारी छन् भने बिपीचोकको प्रमुखमा लोकविक्रम थापा रहेका छन् ।

 

प्रकाशित मितिः     1:53:58 PM  |