२२ औं वार्षिकत्सवमा सिद्धार्थ बिजनेश समूहको सामाजिक कार्य


काठमान्डौ माघ २३ । सिद्धार्थ गु्रपले हस्पिटालिटी ब्यबसाय सुरु गरेको २२ बर्ष पुरा भएकोे छ । बार्षिक उत्सबका अबसरमा सिद्धार्थ गु्रपका देशैभर रहेका शाखाहरुले गेष्टहरुलाई केक खुबाएर स्बागत गरेका छन ।

नेपालगन्जको चारतारे होटेल सिद्धार्थमा आयोजित बार्षिक उत्सब कार्यक्रमको शुभारम्भ नेपालगन्ज उप महानगरपालिकाका मेयर डा धबल शम्सेर राणाले केक काटेर गरे ।

गु्रपका देशैभर रहेका २५ वटा शाखाहरुले अनाथ बालबालिकाहरुलाई खाद्यान्न र शैक्षिक सामाग्रीहरु बितरण, रक्तदान, अनाथ गृहमा बस्दै आएका बालबालिकाहरुलाई खाद्य सामाग्री बितरण, सरसफाई कार्यक्रम गरेर बार्षिक उत्सब मनाएका छन ।

सिद्धार्थ गु्रपका शाखाहरुमा आयोजना गरिएको रक्त दान कार्यक्रममा करिब २ सय जनाले रक्तदान गरेका छन । बार्षिक उत्सबकै अबसरमा सिद्धार्थ गु्रपले प्रत्येक शाखाबाट लक्की ड्र बाट २ जना ग्राहकहरु छनौट गरी एक दिनका लागि निशुल्क खाजा, खाना र बसोबासको सुबिधा उपलब्ध गराउने भएको छ ।


त्यसै गरी गुल्मीको तम्धास स्थित रेसुङा क्याम्पसका छात्रालाई लक्षित गरेर सेनेटरी प्याड मेसिन उपलब्ध गराएको छ । कैलालीको टीकापुरबाट २०५४ माघ २३ देखि सानो नास्ता पसलबाट हपिस्टालिटी ब्यबसाय सुरु गरेको सिद्धार्थ गु्रपका कर्णाली चिसापानी , नेपालगन्ज, सुर्खेत , बुटबल , चितबनको चुम्लिङटार र काठमान्डौमा रेष्टुरेन्ट, होटेल , रिसोट, टे«ड, क्याफे , इष्ट्रिच्युट, कृषि फर्म र सहकारी गरी २५ वटा शाखाहरु रहेका छन ।

हस्पिटालिटी क्षेत्रमा सिद्धार्थ समूहको २२ औं बर्ष, पूर्वदेखि पश्चिमसम्म शाखा विस्तार

सिद्धार्थ गु्रपले पश्चिममा महेन्द्रनगर र झापाको बिर्तामोडमा पनि सेवा बिस्तार गरेको छ ।  सिद्धार्थ गु्रपले झापाको बिर्तामोडमा निकट भबिश्य मै होटेलहरु संचालन गर्ने तयारी गरि रहेको गु्रपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए ।

२२ औ बार्षिक उत्सबको अबसरमा सिद्धार्थ बिजनेश गु्रप अफ हस्पिटालिटी अन्र्तगतका सबै शाखाहरुले गु्रपले बार्षिक उत्सकका दिन माघ २३ गते देखि माघ मसान्त सम्म सबै शाखाहरुमा फुड र बेबरेजमा १५ प्रतिशत छुट दिएको छन ।  बार्षिक उत्सब कै अबसरमा गु्रपले आफ्ना शाखाहरुबाट थप गुणस्तरिय सेवाहरु प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ ।

प्रकाशित मितिः     २३ माघ २०७६, बिहीबार १७:१८  |