नेपालगन्ज २५ माघ – नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिले शनिवार सपग्रहण भएको छ ।
अध्यक्षमा अब्दुल वाहिद मन्सुरी (चुन्ना) सहित बिजयी पदाधिकारी र कार्यसमिति सदस्यले सपथग्रहण गरे ।
प्रमुख निर्वाचन अधिकृत टिकाजंग सिंहले सपथ खुवाएका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डी ढकाल, प्रदेश ५ का अध्यक्ष गुणनीधि तिवारी, केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, पूर्व केन्द्रीय सदस्यहरु अच्यूत प्रसाई, दामोदर आचार्य, नेकपा बाँकेका अध्यक्ष आईपी खरेल लगायतको सहभागिता थियो । निर्वतमान अध्यक्ष नन्दलाल बैश्यले आफुले सकेको काम गरेको बताउँदै नयाँ कार्यसमितिलाई पूर्णरुपमा सहयोग गर्ने बताए ।
नयाँ कार्यसमितिमाा उपाध्यक्ष (उद्योग) तर्फ आदेशकुमार अग्रवाल र उपाध्यक्ष (वाणिज्य) तर्फ अमितकुमार बस्नेत छन् ।
संघको सदस्यमा हरिलाल न्यौपाने, मन्दिरा पाण्डे, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, विजय भण्डारी, टंकप्रसाद शर्मा, टंकबहादुर धामी, विष्णुप्रसाद श्रेष्ठ, धर्मराज अर्याल, भीमबहादुर रानाभाट, टेकबहादुर खड्का, बिन्दुचर्ती मगर छन् ।
एसोसिएटतर्फ दीपेन्द्र विष्ट र सञ्जय अग्रवाल,वस्तुगततर्फ सलाउद्दिन जसगढ, भीमलाल कँडेल र बद्री श्रेष्ठ रहेका छन् ।
नेपालगन्ज उद्योग वाणिज्य संघमा नवनिर्वाचित कार्यसमितिको सपथग्रहण यस्तो रह्यो