नेपालगन्ज ३ फाल्गुन – बाँकेका कृष्ण चौधरी पुथाश्री शिखर पदकबाट बिभुषित भएका छन् । प्रदेश ५ सरकारले प्रदेश स्थापना दिवशका अवसरमा उनलाई उक्त पदकबाट सम्मान गरेको हो । मुख्यमन्त्री शंकर पोख्रेलले उनलाई बिभुषित गरेका हुन ।
चौधरी गाभर होमस्टे मार्फत बाँकेको पर्यटन प्रर्बद्धनमा सक्रिय छन् । पत्रकारिता हुँदै पर्यटन क्षेत्रमा लागेका चौधरीले गाभरले देश बिदेशमा होमस्टे मार्फत चिनाउन महत्वपूर्ण भूमिका खेलेका छन् । प्रदेश स्थापना दिवशमै बिभिन्न व्यक्तिहरुलाई बुटवलमा सम्मान गरिएको छ ।