नेपालगन्ज १४ फागुन – बाँके राष्ट्रिय निकुञ्जमा दुईवटा हात्ती थपिएको छ । पर्यटनको विकास र निकुञ्ज संरक्षणका लागि चितवनबाट सौराहगज र चमचमकली नाम गरेका दुईवटा हात्ती ल्याएको निकुञ्ज प्रमुख प्रमोद भट्टराईले बताए ।
बाँके निकुञ्जमा हालसम्म चारवटा हात्ती थिए । नयाँ थपिएसंगै अब हात्तीको संख्या छ पुगेको छ । पर्यटक बढेसंगै हात्तीको आवश्यकता महसुस गरिएको थियो । बाँके निकुञ्ज देशकै कान्छो निकुञ्जका रुपमा रहेको छ । यहाँ पर्यटनको आर्कषण बढाउन बिभिन्न गतिविधि हुँदै आएका छन् ।
भ्रमण वर्षमा बाँके राष्ट्रिय निकुञ्ज घुम्न आउन जनप्रतिनिधिको निम्तो !